
९ फागुन, धादिङ –
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले बैशाख ३१ गते चुनाव गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
निर्वाचन आयोगको सुझावको आधारमा सरकारले चुनावको मिति तय गरेको हो । मन्त्रीपरिषद बैठकअघि भएको छलफलमा निर्वाचन आयोगले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको जानकारी गराइएको छ ।
२०७३ फागुन ९ गते प्रकाशित