Thu. Mar 6th, 2025

स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लियो, मेस्सी बने नायक

messi-barsilona

९ फागुन,  धादिङ –

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा दुवै गोल लियोनल मेस्सीले गरे । चौथो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले पछि परेको लेगानेसका लागि ७१ औं मिनेटमा युनाइ लोपेजले बराबरी गोल फर्काए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाका लागि विजयी गोल गरे ।

२०७३ फागुन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: