Sun. Mar 9th, 2025

राप्रपा अध्यक्षमा राणाको पनि उम्मेदवारी घोषणा

pradip-bikram-rana

८ फागुन, धादिङ –

राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ ?, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिईरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु ।’

उनले अघि थपे, ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिईएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यहि हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा रु यसरी आत्मसम्मान माथि आँच र चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम हो रु यसरी मण्डले प्रवृत्तले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ ।’

२०७३ फागुन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: