Sun. Mar 9th, 2025

राप्रपाको प्रथम एकता महाधिवेशन आजदेखि सुरु

Raparpa-1
६ फागुन, धादिङ –

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम एकता महाधिवेशन आजबाट राजधानीमा शुरू हुँदैछ ।काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्यान्ह अध्यक्ष कमल थापाले अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ ।  महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

२०७३ फागुन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: