Sun. Mar 9th, 2025

स्ववियु निर्वाचन पाँच दिनपछि सार्ने विद्यार्थी नेताहरुबीच सहमति

student-union-election

५ फागुन,  धादिङ – 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।

केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका कारणा यथास्थितिमा चुनाव गर्न नसक्ने क्याम्पस प्रमुखहरुको भनाइका कारण चुनाव सार्न बाध्य भएको विद्यार्थी नेताहरुको भनाइ छ ।

२०७३ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: