Mon. Nov 25th, 2024

तीन महिनादेखि खोलविहिन नागरिकता बाड्दै प्रशासन

Untitled-1

धादिङ

गत तीन महिना अघिबाट जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई नागरिकताको खोल उपलब्ध गराउन सकेको छैन ।

नयाँ नागरिकता बनाउन आउने र हराएर वा च्यातिएर पुरानो नागरिकता बनाउन आउनेहरुलाई खोल विना नागरिकता पठाउने गरेको छ । नागरिकताको सुरक्षाको लागि नागरिकतासंगै पाउनुपर्ने प्लाष्टिकको खोल नपाएको बारे सेवाग्राहीहरु भने अनविज्ञ छन् । नागरिकता दिएपछि खोल माग्दा यहाँ सकिएको छ, बाहिर किन्नुहोस्, भन्दै कर्मचारीहरुले पसलहरुबाट छुट्टै खोल किन्न लगाउने गरेको सेवाग्राहीहरुले बताएका छन् ।

नागरिकताको खोललाई सेवाग्राहीहरुले बाहिर पसलहरुमा १० रुपैयासम्म तिर्न बाध्य भएका छन् । सामान्यतया २ रुपैयाँदेखि ५ रुपैयामा पाइनेभएपनि जिल्ला प्रशासन कार्यालयले खोल उपलब्ध गराउन नसकेको थाहा पाएका व्यापारीहरुले नागरिकहरुसंग १० रुपैया असुल्ने गरेका छन् । प्रशासन कार्यालयकै वेवास्थाका कारण नागरिकताको खोल नपाएको सेवाग्राहीहरुले आलोचना गरेका छन् ।

गृह मन्त्रालयबाट नै पठाउनुपर्ने खोल नपठाएकोले सेवाग्राहीलाई उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले प्रतिक्रिया दिँदै आएको छ । पटक पटक नागरिकता सुरक्षाको लागि प्रयोग गरिने खोलको विषयमा जानकारी गराउदा मन्त्रालयले नै खोल नपठाएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।

अझै कहिले आइपुग्छ भन्नेमा आफुहरु नै अनविज्ञ रहेको पराजुलीको भनाई छ । जिल्ला प्रशासन कार्यालय धादिङबाट दैनिक ५० ओटाको हाराहारीमा नयाँ नागरिकता र ३५ ओटाको हाराहारीमा पुरानो नागरिकताको प्रतिलिपि बन्ने गरेको छ ।

About The Author

अन्य समाचारहरु: