Mon. Nov 25th, 2024

संसारकै अग्लो बाँध उच्च जोखिममा, १ लाख ८० हजार विस्थापित

orobhil

३ फागुन, काठमाडौं – 

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खतरा उत्पन्न भएपछि आपत्कालीन ढोका खोलेर पानी बाहिर पठाइएको छ ।

क्यालिफोर्नियामा केही वर्षदेखि सुक्खा पर्दै आएको छ । तर, यस वर्ष भने वर्षा र हिमपातका कारण जलाशयमा पानीको सतह बढेको छ । पछिल्लो ५० वर्षमा यो तालमा यस्तो आपत्कालीन अवस्थाको घोषणा गरिएको यो पहिलो घटना हो ।

प्रशासनले जलस्तर कम भइरहेको र आपत्कालका लागि जलाशयमा पानीको स्तर खतराको संकेतभन्दा चार इन्च कम भइरहेको जनाएको छ । इन्जिनियरले जलाशयको कंक्रिटको एक हिस्सा बगेको देखेपछि पानी आपत्कालीन ढोकाबाट खोलिएको थियो ।

सो तालमा उत्पन्न खतराका कारण तालको दक्षिण क्षेत्रमा रहेका १६ हजार जनतालाई तालभन्दा उत्तरतिरको सुरक्षित स्थानमा जान भनिएको हो ।

गत साता बाँधको एक भाग भत्किएको पाइएपछि शुक्रबार क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीलाई आपत्कालीन अवस्थाको घोषणा गर्न आदेश दिएका थिए । राजधानी दैनिकबाट

२०७३ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: