१ फागुन, धादिङ –
धादिङको सल्यानटारमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
लाइन्स क्लब इन्टरनेशनल ३२५ बी वानको आयोजना तथा लाइन्स क्लब अफ धादिङ सल्यानटार, धादिङ नीलकण्ठ, धादिङ गजुरी, धादिङ मलेखु टाउन र गोरखा आरुघाटको संयुक्त साझेदारीमा माघ २८ र २९ गते शिविरको आयोजना गरिएको हो ।
सल्यानटारको माझगाउँ स्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा संचालित शिविरमा स्त्रीरोग , आङ खस्ने, हाइड्रोशिल, हाडजोर्नी लगायतको गरी ३ सय ३८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
स्वास्थ्य परीक्षण गराएका मध्ये आङखस्ने समस्या भएका ११ जनालाई निशुल्क अपरेशन र हाइड्रोशिलका ८ जनालाई ५० प्रतिशत छुटमा अपरेशनका लागि काठमाडौँ लगिने लाइन्स क्लब अफ धादिङ सल्यानटारका अध्यक्ष ऋषि बुर्लाकोटीले जानकारी दिए । शिविरमा जिल्लाको ज्यामरुङ,चैनपुर, त्रिपुरेश्वर, सल्यानकोट, आगिञ्चोक लगायतका ठाउँहरुका स्थानीयले सेवा लिएका थिए ।
२०७३ फागुन १ गते प्रकाशित