Wed. Nov 27th, 2024

विद्यार्थीहरुद्धारा ईन्जिनियरिङ प्रदर्शनी

student

१ फागुन,  काठमाडौँ –

आमुल परिर्वतन गर्न सकिने उदेश्यका साथ ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीहरुले आयोजना गरेको ८ औ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी कार्यक्रम सम्पन भएको छ ।

प्रदर्शनीमा देशमा भएको श्रोत साधन र कच्चा पर्दाथलाई कसरी अधिकतम रुपमा उपयोग गर्ने र भूकम्प पीडितहरुको घर पुनर्निर्माणमा सहयोग पु¥याउने किसिमको सामाग्री प्रर्दशनी गरिएको थियो । गत विहिवार स्थानिय विकास मन्त्रि हितराज पाण्डेले उध्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

बिद्यार्थीहरुको मनोवललाई बुझि बिद्यार्थीको पढाईमा सहयोग पु¥याउने हेतुले कार्यक्रमको आयेजना भएको र भुकम्पबाट भत्किएका पिडितहरुको घर पुनर्निर्माणका लागि र प्राचिन सम्पदाहरु निमार्ण गर्दा के कुरामा ध्यान दिने भन्ने जानकारी दिने उदेश्यका साथ प्रदर्शन भएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल ईन्जिनियर रोचक सिलवालले जानकारी दिए ।

३ दिनसम्म चलेको प्रर्दशनीमा राजधानीका विभिन्न इन्जिनियरिङ कलेजका बिद्यार्थीहरु सहभागी भएका थिए । प्रर्दशनीमा मुलुकको विद्यमान् समस्याहरु लाई मध्येनजर गर्दै हाइड्रोपावर, मेट्रोरेल, मल्टि पार्किङ भवन लगायतका सम्भाव्यताका मोडल सामाग्रीहरुको प्रयोग गर्न विद्यार्थिहरुले सिकाएका थिए । प्रर्दशनिमा भूकम्प प्रतिरोधात्मक भवनहरुको डिजाइन पनि राखिएका थियो । विद्यार्थीहरुले आफ्नो  क्षमताको बृद्धि र विकासका लागि प्रदशनीले ठुलो टेवा पुग्ने बताएका छन् ।

स्थापना देखि नै उच्च र गुणस्तरीय शिक्षा प्रदान गर्दै र देशलाई आवश्यक प्राविधिक जनशक्ती उत्पादन भएको पुल्चोक ईनिजिनियरीङ क्याम्पसका डिन त्रिरत्न बज्रचार्यले बताए । देश बिकासको लागी यस्ता प्रर्दशनीले  महत्वपुर्ण भुमिका खेल्न सक्ने समेत बताए ।
२०७३ फागुन १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: