रामकुमार थापा –
बैदेशिक रोजगारले पैसा मात्रै भित्राएको छैन यसले निकै ठुलो सामाजिक विकृति र मानसिक समस्यालाई पनि भित्राएको छ । बैदेशिक रोजगारको कारण स्वयंम कामदार र उनका परिवारहरुमा विभिन्न खाले तनाव परेको देखिन्छ । वैदेशिक रोजगारमा गएका सबैलाई तनाव छ भन्न मिल्दैन र हुदैन पनि किनकी वैदेशिक रोजगारमा गएका सबैलाई समस्या भन्नु पनि ठिक होईन ।
तर के चाँहि भन्न सकिन्छ भने वैदेशिक रोजगारमा गएका धेरै व्यक्तिहरु र उनका परिवारमा केहिन केहि समस्या परेको छ र त्यसले तनाव सृजना भएको छ । वदैशिक रोजगार जव सम्म सुरक्षित हुदैन तव सम्म विभिन्न समस्याहरुको सामना गरीरहनुपर्ने देखिन्छ । वैदेशिक रोजगारमा रहेका युवायुवती देखी नेपालमा रहेका परिवारलाई पनि तनावले छोडेको छैन ।
देख्दा राम्रो देखिन्छ तर त्यसभित्रका साना साना कुराले पनि तनावलाई बढुवा दिईरहेको छ । बैदेशिक रोजगारको कारण परेको समस्या कम गर्नको लागी परामर्शकर्ताको रुपमा धादिङमा काम गर्दा यस्ता धेरै परिवार भेटेको छु जुन तनावमा जिवन विताई रहेका छन् ।
सुरक्षित आप्रवास (सामि) परियोजना अन्तरगत चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङमा विमर्शकर्ताको रुपमा काम गर्दा वैदेशिक रोजगारमा विदेशमा रहेका देखी नेपालमा रहेका आफ्नो परिवार तथा उसका नाता कुटुम्बहरु पनि तनाव लिएर बसीरहेको देखीन्छ ।
धादिङका विभिन्न गाउँ विकास समितिमा रहेर काम गर्दाको अनुभवको आधारमा भन्ने हो भने पनि अहिले वैदेशिक रोजगारको कारण समस्या नभएका घर परीवार भेट्टाउन हम्मेहम्मे पर्छ । तनावको कारण धेरैको घर विखण्डनमा परेको,घरलु हिंसा परेका, आत्महत्याको प्रयास गरेका, गर्ने सोच बनाएका, परिवारमा झै झगडा परेको, बाल बच्चाहरु बेसाहारा बनेका, लतमा फसेका, गाउँबाट एक्लाईएका र मानशिक असन्तुलन गुमाएका छन् । खाडि मुलकमा मात्रै हैन युरोप अमेरीका तीर गएका घरपरीवारमा पनि यस्ता समस्या परेको पाईएको छ ।
मानौ लिनुहोस् एक जना वैदेशिक रोजगारमा गए, उहाँसँग सिप पनि थिएन, चर्को व्याजमा ऋण काटेर विदेश गए,काम र दाम भनेको जस्तो भएनअबैधानिक भएर काम गरेका छन् । घरमा पैसा पठाउन सकेन, सम्पर्क विहिन भयो, साहुले कचकच मात्र गर्न घरमा आए, परिवारमा एक आपसमा झैझगडा भयो, गाउँमा कुरा काट्न थाले भने, यसैगरी विदेशमा श्रीमानको मृत्यु भयो वा अंगभङभयो,बेपत्ता भयो भने यता नेपालमा बस्नेलाई कस्तो समस्या होला ? यी मध्ये एउटा मात्र समस्या झेलेको भएपनि सोच्नुहोस की के के मा असर पारेको हुन्छ होला ? यी र यस्ता समस्या भएपछि तपाई आफैँ अनुमान लगाउनु सक्नुुहन्छ कस्ता कस्ता नकारात्मक विचारहरु खेल्न थाल्छन् ।
यी घट्नासँग प्रत्यक्ष जोडीएका परिवार सामान्य अवस्थातिर आउनुको साटो नकारात्मक अवस्थातिर गयो भने के हुन्छ । जस्तै ती समस्या कम गर्नको लागी धुम्रपान तथा मद्यपान सेवन गरेर पिडा भुल्न खोज्छनर््?क्षणिकरुपले तनाव कम भएपनि आत्मग्लानीको रुपमा अन्य नकारात्मक विचार आए सधै नकारात्मक कुराहरु सोच्ने, एक्ले बस्ने, झर्किने, रिसाउने, निन्द्रा नपर्ने, ध्यान केन्द्रित गर्न नसक्ने, जस्ता कार्यले गर्दा विचार, व्यवहार, भावना र जैविक प्रतिक्रियाहरु (भोक, निन्द्रा,ध्यान) मा एकपछि अर्को गर्दै समस्याहरुको भुमरी नै पैदा हुन सक्छ र उचित संरक्षण र प्र्रोत्साहनको अभावले सेवाग्राहीले आत्महत्या पनि गर्न सक्छन् ।
तनाव व्यवस्थापन गर्ने तरीका
१, समस्याको पहिचान
सबैभन्दा पहिला तपाईलाई तनाव के कारणले भएको हो त्यसको पहिचान गर्नुहोस् । बास्तवमा तनावका पछाडि कुनै न कुनै कारण हुन्छ । सबैभन्दा पहिला तपाईलाई चिन्ता लाग्नुको कारण के हो सोच्नुहोस । अनि त्यसमध्ये पनि सबैभन्दा बढी तपाईलाई तनाव भईरहने समस्याको पहिचान गरेर एउटा खाली पेपरमा लेख्नुहोस् ती समस्या समाधानको लागी तपाईले के गर्न सक्नुहुन्छ त्यो पनी लेख्नुहोस् । तनावको कारण तपाई र परीवारमा परेको बेफाईदाको एउटा लिष्ट बनाउनु र त्यसले तपाईको व्यक्तित्वमा परेको असरको विषयमा सोच्नुहोस । तपाई कस्तो मानिस बन्न चाहनुहुन्छ सोच्नुहोस । याद गर्नुहोस तपाईको तनाव व्यवास्थापन गर्ने मुख्य पात्र नै तपाई आफैँ हो ।
२, मन मिल्ने साथिलाई भन्नुहोस्
तपाई सँग मिल्ने र सहयोग गर्ने साथि पहिल्यानुहोस । त्यसमध्ये पनि तपाईलाई कसले बढी सहयोग र विश्वास गर्न सक्छ चिन्नुहोस । तपाईको पीर चिन्ता भन्ने भन्दैमा चिनेको जती सबैलाई भन्न हुदैन त्यसले झन बढी झनै तनाव बढाउछ । तपाईलाई जसले सकारात्मक रुपमा बुझेको छ वा हेरेको छ त्यस्ता साथिहरुलाई तपाईको समस्याको विषयमा भन्नुहोस् । तपाईलाई तपाईको समस्या कसरी भन्न सहज हुन्छ त्यसैगरी भन्नुहोस । नजिकको व्यक्ति तपाईको तनाव सुनाउने माध्यम मात्र हौ व्यावस्थापक भने होईन । धर्ययता कामय गर्नुहोस र नहडबढाउनुहोस् ।
३, मनोचिकित्सकसँग परामर्श लिनुहोस्
मनोचिकित्सकसँग परामर्शको लागी जाने भन्ने वित्तिकै कतै पागल त भईएन भन्ने भावना मनैबाट हटाउनुहोस् । परामर्शले तपाईको तनाव कम गराउन सकिन्छ त्यसैले नआत्तिनुहोला । तपाई परामर्शकर्तालाई आफ्नो हरेक समस्या, चिन्ता, डर, पीडा भन्नुहोस् । उनीहरुले तपाईलाई सहयोग गर्छन, तपाईको विषयमा अरुसँग कुरा गर्दैनन् गोपनियता कामय गरेका हुन्छन् । यो सेवा खर्चिलो हुदैन । तपाईको तनावले पार्ने हानीभन्दा खर्च अत्यन्त न्युन हुन्छ । धादिङमा बैदेशिक रोजगारको कारण परेको मनोसामाजिक असर कम गर्नको लागी मनोपरामर्श सेवा सन्चालन भईरहेको छ । तपाईको घरमै आएर निशुल्क सेवा प्रवाह भईरहेको छ । तपाईलाई पनि यस्तो समस्या छ भने सम्पर्क गर्नुहोस् । ती कुराहरु गोप्य राखीने छ ।
४, कानुनी सेवा लिनुहोस् ।
तपाई तनावमा पर्नुको कारण आर्थिक, सामाजिक, राजनीतिक तथा पारीवारीक झमेलापनि हुन सक्छ । तपाईको समस्या समधानको लागी कानुनी उपचारले सहयोग गर्न सक्छ । त्यसैले तपाई बस्ने वरपर कानुन व्यावसायी पहिचान गरेर सेवा लिनसक्नुहुन्छ । सबै कानुन व्यावसायीहरु पैसाका लागी कानुनको फरक अर्थ लगाउने हुदैनन् ।
५, रोगको परिक्षण गर्नुहोस् ।
बिरामी भएपछि तपाईलाई भेट्न आउने व्यक्तिहरु अथवा आफन्तले तपाईको रोगका विषयलाई जोडेर विभिन्न कुराहरु भन्न सक्छन् । फलानो ठाउँमा यस्तै भएर मानिस म¥यो भन्न समेत पछि पर्दैनन् । यो खतरनाक रोग हो भन्ने, उपचारै हुदैन भन्ने गर्छन । यसले गर्दा तपाईलाई झनै तनाव बढेर जान्छ । रोग सबैलाई लाग्छ समयमा उपचार गर्नतिर लाग्नुपर्छ । रोग लुकाएर बस्न हुदैन, चेक गर्दा यो रोग रहेछ भन्ने के गर्ने भन्ने डरले रोग लुकाउनुभयो भने झनै समस्या हुन्छ । त्यसैले तपाईले तपाईको शरीरमा भएको समस्या वा रोगको विषयमा परिक्षण गराउनुभयो भने तपाईलाई सहज हुन्छ ।
६, सबैभन्दा ठुलो तपाईकै मन ।
तपाईको तनावको कारण तपाईको सोचाई अथवा मनै हो । मनलाई स्थिर बनाउनुहोस् । सकारात्मक सोचको विकास गर्नुहोस र मनलाई सन्तृष्टी प्रदान गर्ने काममा लाग्नुहोस् । जे गर्दा तपाइलाई खुसि मिल्छ त्यही काम गर्नुहोला । तपाई खुसि हुने, दुखी हुने, आनन्द हुने भन्ने कुरा सबै तपाईको सोचबाट हुने भएकाले नकारात्मक सोचलाई आजैबाट अहिलेबाट महत्वको विषय नबनाउनहोस् । त्यसैले तपाईको मन नै सबैभन्दा ठुलो कुरा हो । खुसिको साथ बाँच्ने सोच बनाउनुहोस ।
लेखकःचन्द्रज्योती एकिकृत ग्रामिण विमास समाज (सिड्स) धादिङमा (सामि) परियोजना अन्तरगत मनोपरामर्शकर्ताको काम गर्नुहुन्छ ।
२०७३ माघ २९ गते प्रकाशित