Wed. Nov 27th, 2024

उपत्यकाको धुँवा धूलो हटाउन विशेष पहल गरिँदै

२७ माघ,  धादिङ – सरकारले काठमाण्डु उपत्यकाको धँुवा धूलो हटाउन विषेश अभियान चलाउने भएको छ ।

जनसङख्या तथा वातावरण मन्त्रालयले पानी छ्याप्नेदेखि सरसफाई र व्यवस्थापनका विषयमा आजदेखि अभियान चलाउने बताएको छ ।

वातावरण मन्त्री जयदेब जोशीले राजधानीमा बढेको प्रदूषण घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । काठमाडौसहित ललितपुर र भक्तपुरमा अत्याधिक धुँवा धुलो र प्रदूषण बढेको गूनासो आएपछि मन्त्रालयले अनुगमन पछि प्रदूषण नियन्त्रणको लागि पहल शुरु गरेको हो ।

मन्त्री जोशीले प्रदूषण कम गराउन सरकारले काम थालिसकेको दाबी गरे । धँुवा धुलोका कारण काठमाण्डुमा नागरिकको स्वास्थ्य जोखिममा परेको छ । प्रदुषण ५ गुणा बढेको अध्यनले देखाएको छ ।

२०७३ माघ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: