Thu. Mar 6th, 2025

बार्सिलोना पुग्यो फाइनलमा

gooal

२६ माघ धादिङ –

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिए पनि समग्रमा ३–२ को जितसहित बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना २–१ ले विजयी भएको थियो ।
घरेलु मैदानमा भएको खेलमा ९ खेलाडीमा सीमित बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरे । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडका लागि केविन गामेइरोले गोल गरे । ४३ औं मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लियो । ५७ औं मिनेटमा सेर्गी रोबर्टो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो ।

६९ औं मिनेटमा यानिक काररास्को दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको पनि १० खेलाडीमा सीमित भयो । ८३ औं मिनेटमा गामेइरोले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । ९० औं मिनेटमा स्वारेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना केही समय ९ खेलाडीमा सीमित भयो ।
यो खेलमा दुवै टिमका गरेर तीन खेलाडी मैदानबाट बाहिरिए । एथ्लेटिको मड्रिडले पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा फाइनलको यात्रा तय गर्न सकेन । केविन गामेइरोले पेनाल्टीको अवसरमा गोल गर्न सकेनन ।
२०७३ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: