

२५ माघ, धादिङ –
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी अहिले निकै राम्रो फर्ममा छन् । उनले बार्सिलोनाबाट प्राय सबै खेलमा गोल गरेका छन् ।
उनले बार्सिलोनाको २२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । मेस्सीले ला लिगा अन्तर्गत शनिबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा फ्रि–किक मार्फत गोल गरे । यो वर्ष सिधै फ्रि–किकबाट गरेको यो मेस्सीको चौथो गोल थियो । समग्रमा मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सिधै फ्रि–किकबाट २७ गोल गरेका छन् ।
योसँगै उनी सिधै फ्रि–किकबाट सबै भन्दा धेरै गोल गर्ने बार्सिलोनाका खेलाडी बनेका छन् । उनले रोनाल्ड कोएम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा रहँदा बनाएको कीर्तिमान तोडेका हुन् ।
२०७३ माघ २५ गते प्रकाशित