
धादिङ जिल्ला पर्यटनको हिसाबले सम्भावना बोकेको जिल्ला हो । त्रिशुली राफ्टिङ, गणेश हिमाल ट्रेकिङ, गुफा, झरना लगायतका पर्यटकिय क्षेत्रले धादिङको सुन्दरतालाई जोगाएको छ । यसै विषयमा गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्ष तेजबहादुर गुरुङसँग पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
धादिङमा पर्यटन बिकास र प्रबर्दनको वर्तमान अवस्था कस्तो छ ?
– प्रचुर पर्यटकिय सम्भावना बोकेको धादिङ बिस्तार बिस्तार बिकास र प्रबर्दनमा गति लिरहेको छ । त्रिशुली राफ्टिङ, गणेश हिमाल पद यात्रा र पाल्दोर पिकक्लाइम्बिङको शुरुवातले नै धादिङको पर्यटन क्षेत्रको सम्भावना उजागर गरेको थियो । तत्पस्चात केही ट्रेकिङ कम्पनिहरु नेपाल हाइकिङ ट्रेकिङ, गणेश हिमाल ट्रेक्स र हाइल्यान्डर ट्रेक्सले गणेश हिमाल ट्रेकिङमा पर्यटकहरु पठाएर प्रबर्दन गरे पनि सरकारको, पर्यटन संघ संस्थाहरुको र राजनैतीककर्मिहरुको ध्यान परेन । क्याम्पिङ पदयात्राको रुपमा बिकसित हुँदै गरेको यो क्षेत्र सुरक्षाको चुनौती र लज ट्रेकिङको ट्रेन्ड आएपछी पर्यटकहरु घट्न थालेको थियो । यो क्षेत्रलाई समय–सान्दर्भिक र ट्रेन्ड अनुसार पर्यटन बिकास र प्रबर्दन गर्न सबै धादिङको पर्यटन ब्यबसायी र पर्यटनकर्मिहरुलाई गोलबद्द गराइ संस्थागत रुपमा पहल कदमी चाल्नुपर्ने महशुस गरी ठीक ५ बर्ष अगाडि गणेश हिमाल पर्यटन बिकास समितिको जन्मभयो । संस्थाकै पहलमा टानले पर्यटकिय सम्भावनाको पहिचान गर्न र प्रबर्दनको सुत्र पहिल्याउन १८ दिने अवलकोन भ्रमण गर्यो ।
नयाँ ढंगले प्रबर्दन र ब्रान्डिङ गर्न यो क्षेत्रको नामाकरण “रुबीभ्याली” भनी गरियो । ८ दिन देखि २२ दिन सम्म छोटो, मध्यम र लामो, सजिलो र साहसिक सबै प्रकारको पदयात्राहरुको ट्रेकिङ प्याकेज बनाइप्रचार ( प्रसार गर्यो । रुबीभ्यालिको ट्रेकिङ म्याप, बुक लेट, गाईड बुक प्रकाशन गरी टानले ब्यापक प्रचार प्रसार गर्यो । पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउन स्थानिय राजनैतीक दलहरु र जिल्लाको सुरक्षा निकायसँग छलफल र प्रतिबद्दता गर्न पहल गरियो । टान, सामर्थ एनएमडिपि( नेपाल र गणेश हिमाल पर्यटन बिकास समितिको संयुक्त प्रयासबाट भौतिक पर्यटन पुर्वाधार निर्माण भएको छ । पोर्टर सेल्टर, पदमार्ग, पुलपुलेसा, हेली प्याड र भ्यू टावरहरु निर्माण सम्पन्न उन्मुख छ । आधारभुत कुक, अङ्रेजीभाषा, घरवास र सत्कार तालिमप्रदानगर्यौं । बेपालपर्बतारोहण संघ र विश्वखाद्ययकार्यक्रम ले पनि यो क्षेत्रको भौतिक पुर्वाधार निर्माण गरिरहेको छ । त्यसकारण, धादिङको पर्यटन बिकास र प्रबर्दन एउटा गतिमा अगाडि बडिरहेको छ । अझै द्रुततर गतिमा अगाडि बढाउनुपर्ने तडकारो हामी सँग छ ।
धादिङमा पर्यटन सम्भावना बोकेको स्थानहरु कुन–कुन छन् ?
– पर्यटकिय सम्भावना नबोकेको धादिङमा कुनै क्षेत्र नै छैन । कुनै न कनै दृष्टिकोणबाट सबै क्षेत्र उतिकै पोटेन्सियल छ । धादिङको ३ नम्बर क्षेत्र राफ्टिङ र भिलेज टुरको उच्च सम्भावना बोकेको छ भने २ नम्बर क्षेत्र छोटो हाइकिङ र कल्चरल टुर को अपार खानि हो । त्यस्तै माथिल्लो उत्तरि बेल्ट रुबीभ्याली ट्रेकिङ र साहसिक पर्यटनको रुपमा बिकसित हुन सक्छ ।
विश्वकै उत्कृष्ट त्रिशुुली राफ्टिङ, पाङसाङ पास, पाल्दोर पिक, मोतीदानाझै टल्किने गंङ्गाजमुना झरना, मुर्ती सारिरहने त्रिपुरा सुन्दरी, सिद्दलेक, नयाँ गन्तब्य नेत्र ताल, उच्च पर्यटकिय सम्भावना बोकेको सिद्द, चमेरे, गुप्तेस्वरि गुफाहरु, धादिङको सबै गा. बि. स. देख्ने ज्वालामुखी डांडा, महिला जान नहुने ढोला मन्डली माई, लोभैलाग्दो खाल्टे, सलाङ र राउते होम स्टे, ऐतिहासिक ज्याम्रुङ दरबार, अन्डा पाक्ने तातोपानी, सुनको घोडा देखिने गणेशकुन्ड, औसी र पुर्णिमामा रङ बदल्ने कालिसेतो दह र सिङ्लापास नै धादिङको मुख्य पर्यटकिय स्थलहरु हुन ।
भुकम्प पश्चात पर्यटन ब्यवसायमा के कस्ता चुनौती छ ?
– नेपालको अस्थिर राजनीतिले अल्मलाएको पर्यटन क्षेत्र बिनाशकारी भुकम्पले थिलो (थिलो बनायो । यसै पनि नेपालको पर्यटन ब्यवसाय अधोगती लागिरहेको बेला नाकाबन्दी, प्राकृतिक बिपत्ती ( अन्नपूर्णमा भएको बिनाशकारी हिमपात ) र भुकम्पले थप चुनौती थपिदियो ।
पहिलो कुरो, भुकम्पले विश्व सम्पदाको सुचिमा रहेको र सांस्कृतिक धरोहरहरु क्षति पुर्यायो । प्रसिद्द पर्यटकिय गन्तब्यहरु लाङ्टाङ, रुबीभ्याली र मनास्लुको भौतिक पुर्वाधारहरु भात्काइदियो र सबैभन्दा ठुलो असर चै अतिरञ्जनात्मक ढंगले हल्ला फिंजाएर अन्तराष्ट्रिय मिडियाहरुबाट भयो । नेपाल त पुरै सकियो भन्ने म्यासेज अन्तराष्ट्रिय समुदायमागयो र बिदेशी राजदुतहरुले आफ्ना नागरिकहरुलाई ट्रिप एड्भाइजरमा नेपाल जानबाट सतर्क गराए । जसको सोझो असर पर्यटन ब्यबसायिहरु माथि पर्यो । ठुलो आर्थिक लगानी गरेर रोजगार सिर्जना गरेको र राष्ट्रकै आर्थिक मेरुदन्ड बनेको पर्यटन ब्यबसायिहरु कसरी सर्भाइभ हुने भन्ने दुरावस्थामा पुग्यो । यद्यपी चुनौतीसँगै अवसर पनि छन् । नेपाललाई भुकम्पले संसारसामु चिनाएका छन ।
भत्किएका भौतिक संरचनाहरु कतिपय पुन स्निर्माण भाईसकेका छन भने कतिपय निर्माण सम्पन्न उन्मुख छन् । भुकम्पले भत्काएका लजहरु र पदमार्गहरु पुनस् निर्माण भइसकेका छन र पदयात्रा गर्न सुरक्षित छ भन्ने म्यासेज मिडियाहरुबाट दिन सके हाम्रो सामु लाखौं पर्यटकहरु लर्को लाएर आउनेछन ।
तपाई भर्खरै मात्र गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्ष पदमा निर्वा्चित हुनुभएको छ,
जिल्लालाई पर्यटकिय दृष्टिकोणले देश ( विदेशमा परिचित गराउन अव तपाईंको भुमिका के हुन्छ ?
– सर्बप्रथमत मलाई पांचौं वार्षिक सभाले अध्य्क्षको जिम्मेवारी दिएको छ । संस्थाको कार्यसमिती सदस्यहरु, साधारण सदस्यहरु, उपसमिती सदस्यहरु, धादिङको पर्यटन ब्यबसायिहरु, संस्थाका सल्लाहकारहरु, शुभचिन्तक, समर्थकहरु र धादिङ्बासि र रुबीभ्यालिबासिलाई धन्यवाद दिन चाहन्छु । संस्थाको स्थापनाकालदेखि नै उपाध्य्क्ष पदमा रही आफ्नो जिम्मेवारी बहन गरिरहेको हुनाले हरेक प्रबर्दनात्मक गतिबिधिलाई नजिकैबाट सहयोग गर्ने र नियाल्ने मौका पाएको छु । त्यसकारण मलाई अगाडि बढ्न सहज नै हुने अनुमान गरेको छु । फेरी कार्यसमितिको साथीहरु एक से एक अनुभवी, सक्षम र कृयाशिल भएकोले हाम्रो टिम वर्क सफल हुनेमा म ढुक्क छु ।
धादिङ अर्थात रुबीभ्याली चिनाइ रहनु पर्ने क्षेत्र त हैन यद्यपी केही ठोस योजना सहित मिडिया बिभाग बनाएर पर्यटकिय दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रुबीभ्यालिको प्रचार गर्न आवश्यक छ । धादिङ जिल्लामा भएका सबै पर्यटकिय सम्भावनाहरुलाई उतिकै महत्वका साथ धादिङकै स्थानिय मिडिया, मेन स्ट्रिम मिडिया, पर्यटन मिडिया र अन्तराष्ट्रिय मिडिया बाट एकैचोटि प्रचार गर्नै पर्छ त्यसको लागि मेरो नेत्रित्वको कार्यसमितीले कुनै कसर बांकी राख्ने छैन ।
अब गणेश हिमाल ( रुबीभ्याली क्षेत्रलाई बिकास गर्न तपाईंसँग नयाँ योजना के छ १,२,३ गरी बुंदागत रुपमाभनिदिनुस् न ।
हामी धेरै ठुलो कुराहरु र भाषण बाजी गर्दैनौ न सस्तो लोकप्रियताको कामहरु नै गर्छौ । हाम्रा ठोस योजनाहरु छन ति केही लङ टर्म र केही सर्ट टर्मका छन । त्यो पुरा गर्न हरप्रयास हुनेछ र पुरा गर्न सक्छौं भन्ने आत्मबिश्वास पनि छ ।
१) गणेश हिमाल ( रुबीभ्याली ट्रेकिङको ट्रेल अडिट सर्भे भईसकेको सन्दर्भमा छिट्टै अन्तराष्ट्रिय मान्यता प्राप्त पद मार्गको रुपमा प्रमाणित गर्नेछौं ।
२) सामर्थ ( नेपाल र टान सँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरको सुचना केन्द्रहरु, चिन्हहरु, साइन्बोर्ड र एरो राख्नेछौं जसले गर्दा पर्यटकहरुलाई यो क्षेत्रको बारेमा जानकारी लिन र यात्रागर्दा सुरक्षित महशुस हुनेछ ।
३) भुकम्प पस्चात भत्किएका पदमार्गहरु पुनः निर्माण गर्न पहल गर्नेछौं ।
४) रुबीभ्यालिमा सामुदायिकलजनिर्माण गर्न स्थानियलाई उत्साहितगर्नेछौ र लगानीगर्न निजी क्षेत्रको आवश्यकता परेको खन्डमा संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
५) रुबीभ्यालीलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्न सरकार सँग पहलगर्नेछ ।
६) यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकहरुको सुचना र जानकारी राख्नको लागि र गाइड तथा पोर्टरहरुको आकस्मिक उद्दार, बिमा र सुरक्षाको लागि टिम्स लागु गर्न र चेक पोस्ट राख्न पहल गर्नेछ ।
७) यस क्षेत्रमा रहेका धार्मिक स्थलहरु, एतिहासिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्दन गर्न लागि पर्ने छ ।
८) पाल्दोर पिकमा माउन्टेन हट र प्रशिक्षाण केन्द्र बनाउन नेपाल पर्बतारोहण संघसँग जोड
गर्नेछ ।
९) बिभिन्न जातिहरुको लोपोन्मुख भेषभुषा, मौलिक परम्परा, पुर्खाले प्रयोग औजारहरु
, भाषा र साहित्यलाई सङ्कलन रसंरक्षण गर्न सङ्ग्राहलय निर्माण गर्न पहल गर्नेछ ।
१० ) संघिय संरचना अनुसार उपसमितिहरुको पुनःगठन र बांकी क्षेत्रमा पनि उपसमितिहरु गठन गरी जिल्लाका सबै क्षेत्रहरुको पर्यटकिय संभावनाको पहिचान गर्न अवलकोन गर्नेछ ।
११ ) बिषयगत आधारमा योजना तर्जुमा गर्न बिभागहरु गठन गरी तेज गतिमा संस्था अगाडि बढ्नेछ ।
१२ ) सचिबालय चुस्त र दुरुस्त राख्ने कोशिस गर्नेछ ।
१३ ) बिभिन्न तालिमहरु जस्तै स् अङ्रेजीभाषा, कुक, हाइजेनिक र अर्गा्निक फुड, हस्पिटालिटी, दिगो पर्यटन आदी सम्बन्धी तालिम प्रदान गर्नेछ ।
१४ ) गणेश हिमालको आरोहण मिति खोज तलास गरेर गणेश हिमाल दिवस मनाउनेछौं ।
अन्तमाः
म के भन्न चाहन्छु भने, धादिङको पर्यटन प्रबर्दन गर्न एक जनामात्रै लागेर सम्भव छैन र एउटा संस्थामात्रै लागेर मुस्किल छ । यो क्षेत्रको प्रबर्दन गर्न सके धादिङका सबै स्थानिय लाभान्वित हुने हो । धादिङका सबै पर्यटन ब्यबसायिले आफ्नै गाउँठाउँमा पर्यटक पठाएर आर्थिक उपार्जन गर्न पाउनेछ । सबै पर्यटन ब्यबसायिहरुले एउटा नयाँ बैकल्पिक पदयात्राको रुपमा सेल गर्न पाउनेछन् भने सरकारलाई पनि कर र परमिटबाट राजस्व संङ्कलन हुनेछ । देशमा थप रोजगार सिर्जना हुनेछ, बिदेशको खाडीमा युवाहरु पलायनहुन रोक्नेछ । यसकारण यो हामी सबैको अभियान हो, अभिभारा हो । एउटै मन्त्रजपांै ।
जय गणेश हिमाल, जय रुबीभ्याली, जय धादिङ !
२०७३ माघ २४ गते प्रकाशित