
२३ माघ, धादिङ –
धादिङ सल्यानटार सेवा समाज दोहा कतारको अध्यक्षमा लक्ष्मीकिशोर श्रेष्ठ चयन भएका छन् । प्रवासमा रहेर सामाजिक कामहरु गर्दै आएको धादिङ सल्यानटार सेवा समाज दोहा कतारको दोस्रो अधिवेशनले श्रेष्ठ अध्यक्ष रहने गरि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सम्पन्न भएको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनकुमार श्रेष्ठ, उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, महासचिवमा सुवास बुर्लाकोटी, कोषाध्यक्ष रामहरी भट्टराई र सचिवमा सुरेश श्रेष्ठ चयन भएका छन् ।
अधिवेशन समारोहमा निवर्तमान अध्यक्षले वार्षिक प्रगति विवरण तथा प्रशासनिक प्रतिवेदन र कोषाध्यक्षले वार्षिक आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाले आगामी दिनहरुमा धादिङ सल्यानटारको विकास र रोजगारीको क्रममा विदेशिएका आफ्ना सदस्यहरुको सुरक्षाको लागि सदैव कटिबद्ध लाग्ने विश्वास व्यक्त गरेको छ ।
२०७३ माघ २३ गते प्रकाशित