Mon. Nov 25th, 2024

खिम्ती-ढल्केबर प्रशारण लाइन सञ्चालनमा

khimti-dhalkebar

२० माघ, धादिङ – 

खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले  दोलखाको खिम्तीमा एक समाहरोहका बीच प्रशारण लाइनको उद्घाटन गरे।

अब भारतबाट आयात भएको विद्युत् काठमाडौं भित्राउन सुरु भएको छ । यो प्रशारण लाइनले माघ १ गतेदेखि परीक्षण प्रसारण सुरु गरेको थियो ।

झण्डै ११ वर्ष लगाएर यो आयोजना सम्पन्न भएको हो । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो ।

जग्गा प्राप्ति, मुआब्जा वितरण, कामको सुस्त गति तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो ।

अब भारतबाट आयात गरिएको विद्युत् ढल्केबर(खिम्ती(लामोसाँघु हुँदै काठमाडौं भित्राउन सहज भएको छ । प्राधिकरणका अनुसार काठमाडौं ल्याउने बिजुलीका लागि सहज ट्रान्समिसन नहुँदा विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको थियो ।

करिब ७३ किलोमिटरको आयोजना सञ्चालनमा आएपछि खिम्ती-काठमाडौँ-भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडी लगायतका स्थानमा स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर पटक-पटक आयोजना अवरुद्ध गर्दै आएका थिए ।

२०७३ माघ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: