Wed. Nov 27th, 2024

दुई बालबालिकाको चिन्ह भएको नुन प्रयोग गर्न स्वास्थ्य कार्यलय धादिङको आग्रह

noon

१९ माघ,  धादिङ –

आजबाट आयोडिन महिना सुरु भएको छ । अग्रेजी महिनाको फेब्रुअरी १ गतेबाट महिना भरी नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आयोडिन महिना मनाइने गर्दछ ।

धादिङमा पनि एकमहिनासम्म विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिदैछ । विशेषत दुईबालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्र प्रयोग गर्न जिल्ला स्वास्थय कार्यलय धादिङले जोड दिएको छ ।

आयोडिनको कमीले मानिसलाई शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउने र विभिन्न रोगहरुको लक्षण देखा पर्ने हुनाले यसको न्युनिकरणका लागि नेपालमा आयोडिन महिना मनाउने गरेको हो । नेपालमा सरकारले १३ वर्षदेखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउन थालिएको हो ।

कतिपय मुलुकमा आयोडिनलाई चिया, कफिमा मिसाएर पनि प्रयोग गर्ने गरिएको छ । नेपालमा भने सबैले अनिवार्य रुपमा प्रयोग गरुन भन्ने उद्देश्यले आयोडिनलाई नुनमा मिश्रण गरिएको हो ।

धादिङ जिल्लामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना भइरहेको छ । खासगरी उत्तरी धादिङको सेर्तुङ, तिप्लिङ, दक्षिणको धुषा, जोगीमारा लगायतका ठाँउहरुमा आयोडिनको कमीले हुने प्रभाव तथा असरको बारेमा जनचेतना जगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यलय धादिङको भनाई छ ।

धादिङ जिल्लामा आयोडिनको कमीले बालबालिकाहरुमा कुनै पनि असर नभएको भएतापनि आगामी दिनमा हुने समस्यालाई मध्यनजर गर्दै महिना दिनसम्म आयोडिन महिना मनाउन लागिएको जानकारी गराइएको छ । आयोडिनको कमीले मानिस तथा पशुमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने हुन्छ । आयोडिनको मात्रा ज्यादै अपुग भएका मानिसको क्षमतामा कमी हुने तथा लुला लंगडा समेत हुन्छ ।

आयोडिनको कमिले बालबालिकामा शारीरिक तथा मानसिक विकास सुस्त गतीमा हुने गर्दछ । विशेष गरी केटाकेटीमा घांटीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । पहिले ढिके नुनको प्रयोग भएतापनि अहिले प्याकेटको धुलो नुनको प्रयोग बढी मात्रामा भएका पाइन्छ ।

सरकारले १९९८ देखि युनिभर्सल साल्ट आयोडाइजेसनको नीतिअनुसार मानिस र पशुले खाने नुनमा आयोडिन मिसाउन थालेको होे । साल्ट ट्रेडिङ कर्पोरेसनले धूलो नुनमा आयोडिन मिसाई ‘दुई बालबालिका’को चित्र भएको प्लास्टिकको प्याकेटमा विक्रि गर्छ ।

२०७३ माघ १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: