Wed. Nov 27th, 2024

किरान्चोक गाविस खोपयुक्त गाविस घोषणा

khop yukt VDC kiranchok (
१८ माघ,  धादिङ –

धादिङको किरान्चोक गाउँ विकास समिति पूर्णखोपयुक्त घोषणा गरिएको छ ।

गाविसमा रहेका १२ महिना देखि २३ महिनासम्मका ९२ जना वालवालिकाले एक वर्ष मुनी लिनु पर्ने सवै खोप लगाएको प्रमाणित भएपछि स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले किराञ्चोक गाविसलाई सोमवार खोपयुक्त गाविस घोषण गरे ।

मन्त्री गुरुङले खोपको निरन्तरता, आग्रह समेत गरे । सरकारले फागुन १ गतेबाट मुटु र बाथ रोगलाई पूर्ण निशुल्क बनाएको जानकारी गराउदैं निजी अस्पतालमा समेत १० सिट गरिवका लागि छुट्याउनु पर्ने व्यवस्था रहेको बताए ।

पूर्ण खोपयुक्त गाविस घोषण गर्नु अघि जिल्ला जनस्वास्थ्य कार्यालय र जिआईजेडको संयुक्त रुपमा निमार्ण गरेको स्वास्थ्य चौकी भवनको स्वास्थ्य राज्य मन्त्री गुरुङ र वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले रिवन काटेर उद्घाटन गरे ।

  एक वर्ष मुनीका वालवालिकालाई लगाउनु पर्ने खोप विसिजी एक मात्रा, हेपाटाएटिस वी एक मात्रा, हिमो फिलस इन्फ्रिन्जा एक मात्रा, पोलियो एक मात्रा, दादुरा तथा रुवला एक मात्र, र डिपीटी एक/एक मात्र खोप लगाएको अनुगमनमा देखिएकाले किराञ्चोक २० औ गाविसका रुपमा खोपयुक्त घोषण भएकोले वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले खोप कार्यमा संलग्न हुने सवैलाई धन्वाद दिए ।

 पूर्ण खोपयुक्त गाविस घोषणमा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पूर्व सभाषद सालिकराम जमरकटेल र नेपाली कांग्रेसका महासमिति सदस्य मधु श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व महिला स्वयं सेविका टिका कुमारी लामिछाने, पूर्व खोप कार्यकर्ता तिलक बहादुर भण्डारी सहित महिला स्वयं सेविकालाई सम्मान गरिएको थियो ।

२०७३ माघ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: