Sun. Mar 9th, 2025

एमाले नेतृ पाललाई पति शोक

pal

१७ माघ,  धादिङ –

नेकपा ९एमाले०का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिनुभयो ।

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।

२०७३ माघ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: