Thu. Feb 27th, 2025

कृषि बिमाको अनुदान रोकियो

bima

माघ १७ धादिङं –

अर्थमन्त्रालयले बिमा कम्पनीहरूले जारी गरेको बाली तथा पशुपन्छी बिमा सम्बन्धी सम्पुर्ण विवरण माग गरेको छ । मन्त्रालयले कम्पनीहरूले बिमालेख जारी गरेको जिल्ला, रकम, किसिम लगायतका सबै विवरणहरू बिमा समितिसँग माग गरेको हो । उक्त विवरणको लागि आवश्यक सफ्टवेयर निर्माण गर्न मन्त्रालयले समितिलाई १० लाख रुपैयाँ समेत प्रदान गर्ने भएका  छ ।

मन्त्रालयले सफ्टवेयर निर्माणका लागि रकम प्रदान गर्ने निर्णय गरे पनि हालसम्म यो कार्यान्वयनमा आउन नसकेको समितिले बताएको छ । मन्त्रालयले माग गरे अनुसारको सबै विवरण उपलब्ध गराउन समिति तयार रहेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।

“सफ्टवेयर हुने हो भने हामी सबै खालका विवरण उपलब्ध गराउन सक्छौं,” उनले भने, “तर, सफ्टवेयरको निर्माणका लागि निर्णय भए पनि प्रक्रिया अगाडि बढेको छैन ।” यस्तै, कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने सफ्टवेयरको निर्माणको  प्रक्रिया अगाडि बढिरहेको बताए ।

सफ्टवेयर निर्माणको कार्य पूरा नहुँदा कृषि बिमाबापत कम्पनीहरूले पाउने अनुदान रकम भने रोकिएको छ । पशुपन्छी विकास मन्त्रालयले थप अनुदान रकम माग गरे पनि हालसम्म निकासा नभएको मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले बताए ।

सरकारले आव २०७१र७२ देखि कृषि बिमाबापत कृषकहरूलाई ७५ प्रतिशत अनुदान वितरण गर्दै आएको छ । तर, चालू आवमा कम्पनीहरूबाट माग भएको अनुदान रकम निकासा हुन नसकेको समितिका उपनिर्देशक सापकोटाले बताए । “गत आवको पनि केही रकम भुक्तानी गर्न बाँकी छ,” उनले भने । समयमा नै रकम निकासा नगर्दा कम्पनीहरूलाई अनुदान रकम वितरण गर्न नसकिएको उनले बताए ।
कारोबार दैनीकबाट ।
२०७३ माघ १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: