Wed. Nov 27th, 2024

धादिङमा ५ जना कुष्ठरोगी

kustarogi

१६ माघ धादिङ–

धादिङ  जिल्लामा ५ जना कुष्ठरोगीका बिरामी रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको सलाङ, री, फूलखर्क, सल्यानकोट र नीलकण्ठ नगरपालिकामा एक एक जना रहेको जनाएको छ । गत वर्ष ७ जना कृष्ठरोगीका बिरामी रहेकोमा जनचेतनामूलक कार्यक्रमका कारण यस वर्ष घटेको कार्यलयका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालले जानकारी दिए ।

६४ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा सलाङ गाविसको वडा नं १ आमबोटमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला स्वास्थय कार्यलय धादिङको आयोजनामा भएको कार्यक्तममा जिल्ला विकास समिति धादिङका सूचना अधिकृत भोला गौतम, क्षय, कुष्ठ रोगका अधिकृत देबरत्न महर्जन, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा लगायतको सहभागीता रहेको थियो ।

कुष्ठरोग हाच्छिउँ गर्दा निस्कने किटाणु हावामा मिसिएर श्वास–प्रश्वासका माध्यमवाट सर्ने भएकाले सर्तक रहन आग्रह गरेका छन् ।

२०७३ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: