Sun. Mar 9th, 2025

गाउँमा नबस्ने सचिवलाई ठोस कार्बाहि हुन्छः स्थानीय विकास मन्त्री पाण्डे

Hitraj Pandey1

१४  माघ, धादिङ–

गाउँ विकास समितिमा नबस्ने गाविस सचिवहरुलाई ठोस कार्बाहि गरिने स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताएका छन् ।

प्रेस सेन्टर धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले सदरमुकाममा बसेर गाविसको काममा हेलचेक्राइ गर्ने सचिवहरुको पहिचान गरी ठोस कार्बाहि गरिने दावी गरे । सचिव गाउँमा नबस्दा जनताको सेवा प्रभावित भएको गुनासो लगातार आइरहेको छ । मन्त्री पाण्डेले भने ‘यदि कुनै गाविस सचिव आफ्नो कार्यक्षेत्रमा बसेको छैनभने उहीहरुलाई हामीले ठोस रुपमा कार्बाहि गर्छाै ।’

गाविस सचिव गाउँमा नबस्दा विशेषगरी भुकम्प पीडितले समयमै कागजात बनाउन नपाउँदा विभिन्न समस्या झेल्नु परेकोले सदरमुकाम केन्द्रित भएर बसेका सचिवहरुलाई गाउँ पठाउन स्थानीय विकास अधिकारीहरुलाई निर्देशन समेत दिए । भुकम्प पश्चात पनि भुकम्पबाट प्रभावित १४ जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई मन्त्रालयमा नै बोलाएर सचिवलाई गाउँ पठाउन निर्देशन गरेको गर्दापनि सचिवले अटेर गरी बसेको भए उनीहरुलाई तत्काल कार्बाहि गर्न निर्देशन दिएका हुन् ।

गाउँ गाउँमा नै बसेर सेवा दिनुपर्नेमा सचिवहरु सदरमुकाम केन्द्रित भएको भन्दै सेवाग्रहीहरुले गुनासो गर्ने गरेका छन् । अधिकांश गाविस सचिवहरु भने एकजनाले दुई/तीन वटा गाविसको काम सम्हाल्नुपर्ने बाध्यता देखाउँदै गाविसको काम सहायकलाई जिम्मा लगाएर सदरमुकाम बस्ने गरेका छन् ।

२०७३ माघ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: