१२ माघ, धादिङ –
उत्तरी धादिङको फूलखर्क गाउँ विकास समितिमा रहेको मण्डली प्राविधिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीले कक्षा ११ को प्राविधिकतर्फ पूरक परीक्षा दिनबाट बञ्चित भएका छन् ।
पूरकतर्फको परीक्षा माघ ८ गते भएपनि विद्यार्थीहरुले फर्म समेत भर्न नपाएको बताएका छन् । परीक्षाको बारेमा विद्यालय प्रशासनले विद्यार्थीहरुलाई खबर नदिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यार्थीको सुनौलो भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरुले परीक्षा दिन पाउनुपर्ने माग गरेका छन् ।
परीक्षाका बारेमा विद्यालय प्रशासन नै बेखबर छन् । परीक्षाका विषयमा प्रशासनलाई भने दुई दिनपछि मात्र थाहा भएको एक विद्यार्थीले बताए ।
कक्षा ११ को कृषि प्राविधिकतर्फ नियमिततर्फ २१ जनाले परीक्षा दिएकोमा १४ जना पास भएका छन् । त्यसमध्ये ५ जना एक विषयमा मात्र अनुत्तिर्ण भएका छन् । उनीहरुले माघ ८ मा परीक्षा दिन पाउनुपर्ने थियो तर दिन पाएनन् । अब यसको जिम्मेबारी कसले लिने भन्दै विद्यार्थीहरुले विद्यालय प्रशासनमाति आक्रोस पाखेका छन् ।
२०७३ माघ १२ गते प्रकाशित