Wed. Nov 27th, 2024

चैनपुर खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा

purna-khop-katunje

१२ माघ, धादिङ –

चैनपुर गाविसलाई मंगलबार खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

गाविसलाई  एक कार्यक्रमका बिचमा सांसद गुरुप्रसाद बुर्लाकोटीले १९ औं खुल्ला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद बुर्लाकोटीले चैनपुर गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएकोमा खुशी व्यक्त  गर्दै स्वस्थ जिवनयापनको लागि वातावरण सरसफाइमा ध्यानदिन गाविसबासीलाई सुझाव दिए । यसैबिच हरेक बालबालिका भविष्यको कर्णधार भएकोले उनीहरुको स्वास्थ्यमा ध्यान दिन तथा कुनै बालबालिका सरकारले उपलब्ध गराएको खोपबाट बञ्चित नराख्न आग्रह गर्दै यसको लागि बालबालिकाका अभिभावक तथा समाजका सबैले ध्यान दिनु आवश्यक रहेको बताए ।

गाविस सचिव गिरीप्रसाद विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटीको प्रमखु आतिथ्य रहेको थियो । कार्यक्रमममा लोकदोहोरी गायक बद्री पंगेनी, दिया भण्डारी, खेमजी राना लगायतले आ–आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए ।

२०७३ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: