११ माघ, धादिङ-
उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमामा दुई अर्ब ५७ करोड, ११ हजार चार सय ४३ रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त भएको छ । जसमध्ये दुई अर्ब ४८ करोड तीन लाख ३६ हजार रुपैयाँ व्यक्तितर्फबाट लगानीको प्रतिवद्धता व्यक्त भएको छ । त्यस्तै आठ करोड ९६ लाख ७५ हजार एक रुपैयाँ संस्थागत तर्फबाट प्रतिवद्धता व्यक्त भएको उर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलेे नागरिकलाई जलविद्युतमा लगानी गर्न गरेको आग्रहपछि अहिले दिनहूँ करोडौं रुपैयाँ बराबरको प्रतिवद्धता व्यक्त हुन थालेको छ । जलविद्युतमा लगानी गर्न चाहने नेपालीहरुले अनलाइनमार्फत प्रतिवद्धता फारम भर्ने व्यवस्था मिलाइएको छ ।
जलविद्युतमा सजिलै लगानी गर्न पाइने भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले उत्साहपूर्वक लगानीको प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।
लगानीको प्रतिवद्धता भइसकेपछि अभियानबाट प्राप्त रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने उर्जा मन्त्रालयले जनाएको छ ।
२०७३ माघ ११ गते प्रकाशित