Sat. Mar 15th, 2025

मृत्यु भएको दुई महिनापछि मलेसियामा नेपालीको शव भेटियो

malasiyama-mrityu

९ माघ, धादिङ-

मलेसियामा एक नेपालीको मृत्यु भएको झण्डै दुई महिनापछि शव भेटिएको छ । पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा रहेको झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो ।

स्थानीय प्रहरीका अनुसार थापाको मृत्यु झण्डै दुई महिना अघि नै भएको थियो । तर, कसैलाई थाहा भएन । शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसन्धानले उक्त कंकाल थापाको रहेको पत्ता लगेको छ । र, उनको भिसा सन् २०१५ डिसेम्बरमा नै सकिएको थियो । उनी त्यही सुपरमार्केटमा क्लिनर थिए ।

२०७३ माघ ९ गते प्रकाशित 

About The Author

अन्य समाचारहरु: