Sat. Mar 15th, 2025

विहे गर्न नमानेपछि युवतीद्वारा प्रेमीको अनुहारमा एसिड

tezaab

५ माघ,  धादिङ  –

आफूसँग विवाह गर्न नमानेपछि बेंगलरुमा एक युवतीले आफ्नो प्रेमीमाथि एसिड खन्याएकी छन्।  लिदिया यसपाल नाम गरेकी युवतीले आफ्ना ३२ वर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा एसिड हालिदिएकी हुन्।

पेशाले नर्स लिदियामाथि अस्पतालको छुरीले जयकुमारको अनुहारमा प्रहार गरेको आरोप पनि छ। जयकुमारले प्रहरीलाई दिएको वयानअनुसार लिदिया र उनीबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो। लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् तर धर्म फरक भएका कारण आमाबुवाले नमान्ने भन्दै जयकुमारले मानिरहेका थिएनन्। जयकुमारले भनेअनुसार उनले लिदियासँग तीनमहिना देखि दुरी बढाएका थिए। जयकुमारले विहेका लागि अर्की केटी खोजिरहेका भनेर लिदिया रिसाएकी थिइन्।

छानविनमा संलग्न प्रहरीले आफ्नो १२ वर्षको रेकर्डमा महिलाले पुरुषलाई तेजाब हालेको घटना पहिलो पटक थाहा पाएको बताएका छन्। बेंगलरु प्रहरीका एक वरिष्ठ अधिकारीले पनि यस्तो घटना शहरमा पहिलो पटक भएको बताएका छन्।
२०७३ माघ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: