राजेश रम्तेल / ४ माघ, धादिङ –
भुकम्प पछि खानेपानीको समस्या भएको कार्कीडाडा उच्च माध्यामिक विद्यालय बैरेनीमा खानेपानी आयोजना सञ्चालनमा आएसगैँ विद्यालय परिवार खुशी भएका छन् ।
धादिङको बैरेनी गाउँ बिकास समिति वडा न १ मा रहेको र्र्र्कािर्कडाँडा उच्च माध्यमिक विद्यालयमा भुकम्पपछि दुई वटा मुहानबाट खानेपानी ल्याइएको थियो तर दुबै मुहानको पानी सुकेपछि विद्यालयमा जाने विद्यार्थी आफु सगैँ पिउनेपानी साथमा लैजान बाध्य भएका थिए । विद्यालयबाट करिव १५ किलोमिटर टाडा रहेको छहरे खोला मुहानबाट अहिले तेस्रो पटक खानेपानी ल्याइएको हो । गाविस कार्यलय बैरेनी, जिविस धादिङ र फोकस नेपालको करिब रु २ लाख ४० हजार आर्थिक सहयोगमा र स्थानिय ७० जनाको ३ दिनको जनश्रमदान पछि विद्यालयमा पानी ल्याइएको हो ।
भुकम्पपछि विद्यालयबाट करिव ९ किलो मिटर टाढा रहेको किटीनीखोला मुहानबाट विद्यालयका लागी र बाकी समय स्थानियले प्रयोग गर्ने गरि पानी ल्याइएको थियो । करिव १ वर्ष नपुग्दै मुहानमै पानी सुकेपछि स्थनियले प्रयोग गरिराखेको छहराखोला खानेपानी आयोजनाको पानी आशिकरुपमा विद्यालयका लागी प्रयोग भइराखेको थियो । उक्त मुहानको पानी पनि केही महिना अघि सुकेपछि विद्यालयमा खानेपानीको चरम अभाव भएको थियो ।
त्यसपश्चात स्थानियको सक्रियता र गाविस , जिविसको आर्थिक सहयोगमा माघ १ गतेबाट सुरु गरिएको कामको निरन्तरता सगैँ आज तेस्रो दिन विद्यालयमा पानी ल्याइएको स्थानिय भगवान भण्डारीले जानकारी दिनुभयो । खानेपानी विद्यालयमा आएसगैँ आफ्ना छोराछोरीले साथमा पानी बोक्नुपर्ने बाध्यता हटेको भन्दै अभिभाबक खुशी बनेका छन ।
२०७३ माघ ४ गते प्रकाशित