१. भूकम्पको कम्पन चाल पाउनासाथ सुरक्षित ठाउँमा “घुँडा टेकी, गुँडुल्की, ओत लागि समात” गर्नुहोस् ।
२. सिनेमाहल, मल, डिपार्टमेण्टल स्टोर वा प्रदर्शनी हल जस्ता ठाउँमा हुनुहुन्छ भने त्यहाँका सुरक्षाकर्मी अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् ।
३. यदि भुइँतलाको मुल ढोका नजिकै हुनुहुन्छ भने, छोटो र सुरक्षित निकास मार्ग प्रयोग गरी बाहिर निस्किनुहोस् तर साँधुुरो गल्लीमा खतरा हुन सक्छ ।
४. घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस् र जोखिमयुक्त बस्तुबाट बच्नुहोस् ।
५. सवारी साधन चलाउँदै हुुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्र, अग्ला भवन, अग्ला रुख, पुल आदि छल्नुहोस् ।
६. पहिरो जाने तथा ढुङ्गा वा चट्टान खस्न सक्ने क्षेत्रमा सावधान रहनुहोस् ।
७. नआत्तिनुहोस् र कुनै पनि असुरक्षित व्यवहार (ठेलमठेल, झ्यालबाट हाम्फाल्ने आदि ) नगर्नु होस् ।
८. बाहिर निस्कनु अघि यथासम्भव आगोका श्रोतहरु (ग्यास चुलो, अगेनो, हिटर आदि) बन्द गर्नुहोस् ।
९. कम्पन रोकिएपछि मात्र झटपट झोला लिएर बाहिर निस्कनुहोस् ।
१०. हल्लाको पछि नलाग्नुहोस् । सहि र भरपर्दो सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्नुहोस् ।
जिल्ला दैविक प्रकोप उद्धार समिति, धादिङ
२०७३ माघ २ गते प्रकाशित