२८ पुस, धादिङ –
सांसद गुरु प्रसाद बुर्लाकोटीले गाउँदेखि सहरसम्म समान रुपले खानेपानीको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवश्थापिका संसदको विकास समितीको छलपलमा आफ्नो कुरा राख्दै धादिङ क्षेत्र नंबर २ बाट निर्वाचित सांसद बुर्लाकोटीले बनेका योजनाहरुको कार्यान्वयन तथा मर्मतसंभारमा ध्यान दिन जरुरी रहेको धारण राखे ।
छलफलका क्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मौलिक हककोरुपमा रहेको खानेपानीलाई सबै ठाउँमा पु¥याउने गरी सरकारले काम गरिरहेको बताए ।
व्यवस्थापिका–संसदको विकास समितिले सबै जनतालाई खानेपानीको सुविधा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । समितिले सरोकारवालाहरुसँग छलफल गरी संविधानको मौलिक हकका रुपमा रहेको खानेपानीको सुविधालाई सबै जनताको घरघरमा पु¥याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले ‘एक घर एक धारा’ भन्ने नारालाई पूरा गर्न तीव्ररुपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । यसैगरी, गुणस्तरीय र स्वच्छ पिउने पानीको अभाव भएको गुनासो आएपछि समितिले यसप्रति गम्भीर हुनसमेत सुझाव दिएको छ ।
२०७३ पुस २८ गते प्रकाशित