काठमाडौं, पुस २६ –
अबको २३ वर्षपछि विद्युतको माग बढेर ५० हजार मेगावाटभन्दा धेरै पुग्ने एक अध्ययनले देखाएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युतको माग झण्डै १५ प्रतिशतको दरले बढिरोकाले २३ वर्ष पछि अर्थात सन २०४० सम्ममा माग बढेर ५० हजार मेगावाटभन्दा धेरै पुग्ने देखाएको हो ।
आयोगले गरेको अध्ययनमा सन २०२० मा विद्युतको माग बढेर ६ हजार आठ सय १४ मेगावाट, सन २०२५ मा १० हजार ८ सय ३ मेगावाट पुग्नेछ ।
सरकारले सन २०२२ सम्म मुलुकलाई विकाशील देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेकामा त्यसलाई प्राप्त गर्न कम्तीमा पनि ७.२ आर्थिक वृद्धिदर हुनुपर्ने अवस्थालाई समेत ध्यानमा राखेर विद्युत माग प्रक्षेपण गरिएको हो ।
यस्तै सन २०३० सम्म विद्युत माग बढेर १८ हजार तीन सय ७१ मेगावट र सन २०४० मा ५१ हजार तीन सय ३० मेगावाट पुग्ने आयोगले प्रक्षेपण गरेको छ ।
आर्थिक विकास तथा विकास निर्माणको काम उल्लेख्य रुपमा अगाडि बढेका खण्डमा विद्युतको माग थप बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
२०७३ पुस २६ गते प्रकाशित