२० पुस, धादिङ –
धादिङको कटुञ्जे गाऊँ विकास समितीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजनामा मंगलबार एक कार्यक्रमका विच गाविसलाई १८ औँ खोपयुक्त गाविस घोषणा गरिएको हो ।
गाविस सचिव लिलाकान्त विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं १ का सांसद दिलमान तामाङको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
२०७३ पुस २० गते प्रकाशित