Fri. Mar 7th, 2025

पौष २२ गते हुने जनप्रदर्शनको लागि धादिङ सहित देशभर एमालेको तयारी तिव्र

yemale

१९ पुस, धादिङ-

नेकपा एमालेले पौष २२ गते हुने जनप्रदर्शनको लागि तिव्र तयारी थालेको छ । देशभरी एमालेले जिल्लाहरुमा समिती नै बनाएर जनता उतार्ने र सरकारलाई आफ्नो शक्ति देखाउने तयारी गरेको हो ।

यद्यपी जन प्रदर्शनको लागि नौ दल नै तयारीमा जुटेका छन । सो क्रममा धादिङ जिल्लामा पनि जनप्रदर्शनको तयारी गर्न छुट्टै समिती बनाएको छ । जसमा नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमि त्रिपाठीको संयोजकमा एक मुल कमिटि निर्माण गरेको छ।

त्यस्तै उप कमिटिहरू संजिब पाण्डेको संयोजनमा क्षेत्र नं ३, अर्जुन तिमिल्सेनाको संयोजनमा क्षेत्र नं २,  शिवहरि रिमालको संयोजनमा क्षेत्र नं १, प्रचार–प्रसारको संयोजक विजय श्रेष्ठ र नगरको जिम्मा अमृत बराईलि साथै पौष २१ गते ३ बजे हुने बृहत् मोटरसाईकिल र्यालिको संयोजक दिनेश घिमिरेलाई जिम्मा दिएको छ ।

२०७३ पुस १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: