
१८ पुस, धादिङ –
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण जितेको छ ।
भारतको कोलकातामा पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए ।
नेपालका रोहीत गिरीले २९ केजी र निता गुरुङले ५३ केजीमा फाइट र पुम्से दुवैमा स्वर्ण पदक जिते । फाइटतर्फ पुरुषको ८० केजीमा धनबहादुर दराई, ७३ केजीमा गोकुल अधिकारी र ५४ केजीमा सिसिर श्रेष्ठले स्वर्ण जिते । फाइटकै महिलाको ५३ केजीमा पार्वती गुरुङ, ४९ केजीमा सुस्मीता थापा र ५४ केजीमा दिक्षा कार्कीले नेपाललाई स्वर्ण पदक दिलाए । त्यस्तै पुम्सेमा प्रतिक पाठक र रेजिन रिमालले पनि स्वर्ण पदक जिते ।
२०७३ पुस १८ गते प्रकाशित