Mon. Jan 27th, 2025

विद्यालयलाई खबरदारी गर्नु मुख्य काम : बुढाथोकी

govinda
नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याब्सन–धादिङका अधिवेशन केही दिन अघि सम्पन्न भएको छ । नीजि तथा आवासीय विद्यालयलाई नयाँ मार्गतिर लैजाने काममा दक्तचिक्त व्याव्सन धादिङको अध्यक्षमा एड्भान्स एकेडेमीका गोविन्द बुढाथोकी निर्वाचित हुनुभएको छ । २०६१ पौष देखि शिक्षण पेसामा लाग्नुभएका बुढाथोकी २०६४ साल पौष देखि प्याब्सनमा आबद्ध हुनुहुन्छ । अध्यक्ष बुढाथोकीसंग पाविलन्यूज डटकमका कार्यकारी सम्पादक  सरिता श्रेष्ठले गर्नुभएको कुराकानीको सारसंक्षेप :

 प्याब्सन धादिङको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ कस्तो महशुस हुँदैछ ?

–   प्याब्सन धादिङले यूवा नेतृत्व प्राप्त ग¥यो, म पात्र त्यस पदमा कार्य सम्पादनकै आधारमा पुगेको हूँ । पदाधिकारी हुँदा कुनै डर हुँदैनथ्यो, बिना सङ्कोच काम गर्नको मज्जा नै छुट्टै हुन्थ्यो ।  अहिले काँध गह्रौँ भएको छ तर मन डराएको छैन, टीम छ । विद्यालयहरुको सम्बृद्धी र स्तरोन्नतिका लागि काम गर्ने योजना छ ।

कस्ता कस्ता क्रियाकलापहरु संचालन गर्छन् प्याब्सन धादिङले ?

– प्याव्सन धादिङको पहिलो काम विद्यालयहरुको अनुमतिका लागि सहजिकरण गर्ने हो । दोश्रो विद्यालयहरुले प्रदान गर्ने शैक्षिक गुणस्तरका लागि अन्तक्र्रिया तथा पाठ्य समाग्री छनौट कार्यशाला, विषय गत शिक्षक तालिम आदीको अयोजना गर्ने हो । त्यसपछि प्याब्सन प्रसिडेन्ट कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने, अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, वार्षिक परीक्षामा सबै विद्यालयमा एकै प्रश्नपत्र लागु गर्नेगराउने काम गर्दछ, गरिरहेको छ ।

 अघिल्लो कार्य समितिकोे भन्दा फरक तपाईको कार्य समितिबाट कस्तो अपेक्षा गर्न सकिन्छ ?

–  मान्छे फेरिएर सिस्टम फेरिदैन । काम गर्ने तरिका फेरिन सक्छ । विद्यालयहरुको अनुमति तथा कम्पनी नवीकरण र राजश्व कार्यालयसँग हुने कामहरुमा सहयोग गर्ने, खबरदारी गर्ने काममा मेरो बढि जोड रहनेछ । मेरो कार्यकालमा क्षेत्रगत रुपमा कम्तिमा एक विद्यालयलाई श्रोत विद्यालयको रुपमा स्थापित गर्नेछु । क्षेत्रिय भेला तथा अन्तक्र्रिया आयोजना गर्ने, क्षेत्रगत रुपमा अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने र जिल्लास्तरीय आयोजना गर्ने, जिल्लामा सञ्चलनमा रहेका विद्यालयहरुलाई सदस्यता दिई प्याब्सनमा आबद्धता गर्ने त नियमित भइरहेकै छ ।

 धादिङ जिल्लामा कति विद्यालय प्याब्सनसँग आबद्ध छ ? आबद्ध हुदाँ के फाइदा हुन्छ ?

–  जिल्लामा हाल सञ्चलनमा रहेका ५३ विद्यालयहरु मध्ये ३५ विद्यालयहरु प्याब्सनमा आबद्ध छन् । विचार र समूह नै सङ्गठन हो । सङगठनले मार्ग, अवसर र विचार प्रशस्त गर्दछ । विद्यालय सञ्चालनका क्रममा विविध अप्ठ्याराहरु आइपर्छन् दुर्घटना घट्छन् । तीनको सामुहिक रुपमा बहन गर्न पनि सङ्गठन चाहिन्छ । अर्को कुरा अस्तब्यस्त पाठ्य सामाग्रीहरुका बीचमा कुन असल भनेर पत्ता लगाउन धेरै विद्यालयहरुको सहभागितामा सहज हुन्छ भने, विद्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्न पनि धेरै प्रतिद्वन्द्वीहरुमा सहज हुन्छ, अवसरहरु प्राप्त हुन्छ । विद्यालय र कार्यक्रम सञ्चालन गर्न नेतृत्व विकास तथा ब्यवस्थापन प्रकृया सघाउने भएकाले पनि प्याब्सनमा आबद्ध हुन जरुरी छ ।

अहिले नीजि विद्यालयहरुमा भर्ना शुल्क, महिनावारी शुल्क लगायत अन्य अतिरिक्त शुल्क बढी भयो भन्ने आरोप लागिरहेको छ नी ?

  –   जिल्लामा हाल सञ्चालनमा रहेका सबै विद्यालयहरु ग श्रेणीका स्तरका छन्, कतिपयले ख श्रेणी र एकाध क श्रेणीका पनि सुविधा दिइरहेका छन् । विद्यालयका सुविधाहरुलाई मध्यनजर गरेर निर्धारण गरिएको श्रेणी केही प्राविधिक पक्ष सुधार गर्नासाथ आधाजसो विद्यालयहरु ख श्रेणीमा पुग्न सक्छन् तर तिनले लिएको शुल्कका विषयमा यहाँले सोध्नुभएको यो रेडिमेड प्रश्न काठमाडौँका विद्यालयमा मात्र लागु भएका छन् । शुल्क निर्धाण मापदण्डले तोकेजस्तो नभए पनि धादिङका निजी विद्यालयहरुको हकमा भने जिल्ला शिक्षा कार्यालयमा हरेक वर्ष बसेर एउटा फि सिलिङ निर्धारण गरी सल्यानकोट देखि जीवनपूर हुँदै चरौदीको धुषासम्मका विद्यालयमा सामन्यतया लागु गर्न सकिएको छैन, भने बमोजिम विद्यालयहरुले लिन सकिरहेकाछैनन्, लिने भनिएको मासिक तथा अन्य शुल्क लिन नसकिएको अवस्था छ । यहाँ सम्म कि मोफसलका माध्यमिक बोर्डिङले लिने भनी गरिएको सहमतिको एक तृतियाँस पैसा पनि लिन नसकेको हुनाले यो झुठा आरोप मात्र हो ।

   धादिङ जिल्लाको सरकारले तोकेको तलब भत्ता र मासिक शुल्कलाई यस अघि सरकारी मातहतका कर्मचारी, विद्यार्थी संघसंगठन, अभिभावक संघ र शिक्षकहरु समेतको उपस्थितिमा भएको सहमति अनुसार जम्मा मासिक शुल्कको ६०% तलब भत्ता र ४० % भाडा विविध र ब्याज वापतहुने गरी गरिएको सर्वसम्मत निर्णय भित्र कायम रहन पनि ठूला विद्यालयलाई हम्मेहम्मे छ भने थोरै विद्यार्थी कक्षाकोठामा राखेर अध्यापन गराउन बाध्य विद्यालयहरुलाई यो आरोप मात्र हो भने समग्रमा निजी विद्यालयलाई हेर्ने यो अवैज्ञानिक चस्मा मात्र हो ।

 शैक्षिक गुणस्तर कायम गर्न प्याब्सनले कस्तो भूमिका खेल्दछ ?

–  पाठ्यपुस्तक छनौट गर्दा विषयगत दक्षता हासिल गरेका शिक्षक तथा ब्यक्तिहरुको अन्तक्रियाबाट हुन्छ । परीक्षा प्रणाली एकै किसिमको र वार्षिक परीक्षा एकै प्रश्नपत्रमा सञ्चालन हुन्छ । अतिरक्ति क्रियाकलाप लगायत सबै वार्षिक कार्यक्रमको प्रारुप प्याब्सनले तथय गर्छ । विषयगत तालिम तथा अन्तक्र्रिया र फेरिएका पाठ्यक्रमका हकमा विशेषज्ञ झिकाई  तालिम गराइन्छ । शैक्षिक गुणस्तर कायम गर्न प्याब्सनले गर्ने मुख्य काम भनेको यिनै हुन् ।
–  भावी दिनहरुमा प्याब्सनले नीति तथा योजनाहरु के के छन् ?
–     विद्यालयहरुको निरिक्षण तथा अनुगमन र पृष्ठपोषण गर्ने ।
–     विद्यालयहरुमा विव्यस गठन तथा विव्यस बैठकमा शिक्षा कार्यालयको उपस्थिति अनिवार्य गराउने ।
–    क्षेत्रिय रुपमा कार्यक्रम तथा भेला र तालिमहरुको आयोजना गर्ने
–    प्रिन्सिपलहरुको नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि र सँस्थागत विकासका लागि तालिम कार्यक्रम गर्ने ।
–     अतिरक्ति क्रियाकलापलाई ब्यवस्थित एवम् व्यापक बनाउने ।
–     विद्यालयहरुलाई संगठित रुपमा वित्तिय सँस्थाहरु समन्वयमा जोड्ने ।
–     विद्यालयहरुको भौतिक संरचनाहरु र सुविधाहरुको स्तरोन्नति गर्न सघाउने ।
–     संस्थालाई एक श्रोत सम्पन्न संस्थाको रुपमा विकास गर्ने ।
–     प्रादेशिक खेल आयोजना गर्ने ।
–     दुई ध्रुवका निजी विद्यालयहरुलाई कार्यगत एकता गराई गुणस्तरीयताका लागि सहकार्य गर्ने ।

 अन्त्यमा,

– मैले सोध्न छुटाएको र भर्नै पर्ने प्याब्सन तथा नीजि विद्यालयका केही कुराहरु छन् की ?
प्याब्सन धादिङको गतिविधीलाई यति नजिकबाट हेर्दै सार्वजनिक रुपमा यो सन्देश पाठकहरु अभिभावकहरु तथा शुभचिन्तकहरुमा लैजान तपाईले दिनुभएको यो अवसर प्रति हार्दिक आभार एवम् कृतज्ञता । प्याब्सन केन्द्रले असहमति राखेका ४५ % आरक्षण छात्रवृत्तिका विषयर अन्य आन्दोलन तथा असहमति प्रति प्याब्सन धादिङको सदैव ऐक्यबद्धता छ ।

२०७३ पुस १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: