१८ पुस, धादिङ –
पुस ७ गतेदेखि १७ गते सम्म सञ्चालन गरिएको पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको आयोजक उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष बोधनाथ दुवाडीले जानकारी दिएको छ ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ सदरमुकाम धादिङबेसीको रायटारमा महोत्सव संचालन गरिएको थियो ।
महोत्सवमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, हस्तकलाको प्रदर्शनी, फेन्सी र प्लाष्टिकका भांडाकुडाको पसलहरु रहेका थिए ।
महोत्सवमा २ सय २० वटा स्टलहरु रहेको थियो ।
२०७३ पुस १८ गते प्रकाशित