Thu. Mar 6th, 2025

इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा स्टोक सिटी पराजित

chelsi
१७ पुस,  धादिङ-

इग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराएको हो ।

चेल्सीलाई यो सिजन लगातार १३ वटा खेलमा जित दिलाउन विलियनले दुई तथा डिएको कोष्टा र टीम काहिलले एक एक गोल गरे । यस लिगमा १३ वटा खेल जित्नु धेरै गाह्रो भएपनि खेलाडीले त्यो सम्भव बनाएको उनले खुसी व्यक्त गरे ।स्टोकका लागि मार्टिन्स इण्डिज र क्राउचले एकरएक गोल गरे ।

यस्तै लिभरपुलले म्यान्चेष्टर सिटीलाई १ शुन्यले हराउँदै सिटीलाई अंक तालिकामा पछि पारेको छ । लिभरपुललाई जिताउन जर्जिनियो विलाम्डनले गोल गरे । जित सँगै लिभरपुल ४३ अंकसहित दोस्रो र सिटी ३९ अंकसहित तेस्रो स्थानमा छ ।
२०७३ पुस १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: