Fri. Mar 7th, 2025

तीन दल मिल्नुको विकल्प छैनः नेम्वाङ

subash-nembang
१६ पुस,  इलाम – 

नेकपा एमाले संसदीय दलका उपनेता तथा इलाम क्षेत्र नं– २ का सांसद सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताएका छन्

आज इलामको महमाई गाविसको गाउँ परिषद्को उद्घाटन गर्दै नेता नेम्वाङले संविधान जारी गर्दा जसरी तीन दल मिलेर हस्ताक्षर गरेका थिए त्यसरीनै अहिले मिल्नुको विकल्प नभएको बताए।

मुख्य दल मिलेर स्थानीय निकाय, प्रदेश र राज्यको निर्वाचन सम्पन्न गर्न जनताले दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। उनले माइखोलाको चण्डालघाटमा निर्माणाधीन पक्की पुल यसै चालु आवमा सम्पन्न हुने र गरूवा र स्थानीय खोलामा यसै वर्षदेखि दुईवटा पक्की पुलको निर्माणकार्य सुरू गरिने जानकारी दिए।

महमाई गाविसका सचिव चन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०७४र७५ का लागि दुई करोड ७० लाख रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरे। रासस
२०७३ पुस १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: