Fri. Feb 28th, 2025

स्वर्गमा संघीयता

 निरू त्रिपाठी

timthumb (1)timthumb (1)timthumb (1)

हजूरबुबा, स्वर्ग कस्तो हुन्छरुु, धेरै वर्ष पहिला ८२ वर्षीय मेरो एक गाउँले हजूरबुबालाई मैले यो प्रश्न गरेको थिएँ।

खै नानी, नमरी के स्वर्ग देखिनु र खै तिमीलाई यस्तो छ भनौँ’, लामो श्वास फेरेर हजूरबुबाले यस्तो जवाफ दिनुभएको थियो।

मैले फेरि कर गरी गरी सोध्थेँ, हजूरबुबा हजूर त पण्डित मान्छे, पुराणमा व्याङ्ख्या गरेको होला नि, सुनाउनुस् न।

नानी स्वर्ग त विदेशभन्दा पनि रमाइलो हुन्छ रे। बगैँचा नै बगैँचा, मगमग बासना आउने हावा, सफा बाटोघाटो, फलफूल नै फलफूल, माया, प्रेम, सद्भाव, मित्रता, ज्ञान, शिप र सुन्दरताले भरिएको वातावरण, न कोही राजा, न कोही नोकर सबै समान, संगीत नृत्यको आनन्द दुनियाँ, न रिस न राग, न धमण्ड, न पीर, न मर्का न त शोक, जता हेर्‍यो उतै आनन्द, मन नै प्रफुल्ल, तन नै प्रफुल्ल, दूधका नदीहरु इत्यादि कुराले भरीभराउ भएको हुन्छ रे स्वर्ग।

आहा! हजूरबुबा हामी पनि मरेपछि स्वर्ग जाने ल त्यसो भए’,भन्दै म हजूरबुबालाई नर्क कस्तो हुन्छ भनेर पनि सोध्थेँ।

हिजो राति अनायासै हजूरबुबासँग गरेको कुनैबेलाको यो संवादहरु सम्झिरहेँ र घुप्लुक्क सुते।

बिहानै म आँखा मिच्दैँ उठेँ। ब्यूझँदा त एउटा लामो लाममा रहेछु। न त्यो सबेरै काठमाडौँमा खाली जर्किन लिएर ढुङ्गेधारामा लागेको लाइन थियो ,न त सवारीसाधनलाई पेट्रोल डिजेल हाल्नको लागि राखिएको लाम नै। आफूभन्दा अगाडि रहेको मान्छेलाई सोधेँ यो कस्तो प्रकारको लाइन होरु केको लाइन होरु उसले यो त स्वर्ग र नर्क जाने इन्ट्रान्सको लाइन हो रे। अगाडि चित्रगुप्तले सबैको धर्तीको कार्यविवरण हेर्दै मानिसको कर्म अनुसारको स्वर्ग र नर्क पठाउँदै छन् रे। तर, म कतिखेर मरेँ र कतिखेर यो लाममा बसेँरु

चित्रगुप्तले अगाडिको मान्छेहरुलाई पहिला कुरा तँ नेपाली रहेछस्। तैले यो यो मितिमा नेपाल बन्द गरेको रहेछस् , नेपाली जनतालाई दुःख दिएका रहेछस्, नेपालमा बीसौँ वर्ष हुँदा पनि संविधान नबनाउन तेरो पनि ठूलो हात रहेछ, त्यसैले तँ नर्क जा र तातो तेलमा डुबिल्कि मारेर बसु, भन्दै म भन्दा अगाडिको एउटा मान्छेलाई ुतँलाई स्वर्गको भिसा छैन तर यी लेउ नर्कको भिसा, भन्दै नर्क पठाइदियो।

केही बेरपछि मेरो पालो आयो। मलाई चित्रगुप्तले यसो हेर्‍यो अनि यमराज सरकारलाई सम्बोधन गर्दै भन्यो, यमराज सरकार यो पनि नेपाली रहेछ के गर्ने सिधैँ नर्कको भिसा दिऊरु ’ हेर्दा सोझी छे जस्तो छ एकचोटी यसको नेपालको कार्यविधि हेर् त भनेर यमराजले चित्रगुप्तलाई अह्रायो। स्वर्ग र नर्क जाने दुईवटा बाटोको बीचमा टेबल र कुर्सीमा बसेर चित्रगुप्तले मेरो धर्तीको विवरण सीसीटिभीमा हेर्दै भन्यो।

यमराज, यसले कहिलेकाँहि देशमा शान्ति स्थापना गर्नुपर्छ भनेर लेख लेखेकी रहिछ। यसोहेर्दा राम्रो नै काम गरिछ, त्यहाँ भइरहेको गतिविधिको विपक्षमा रिपोटिङ् गर्छेकि त्यसैले स्वर्ग पठाउँदा पनि केही फरक पर्दैन भनेपछि मलाई स्वर्ग पठाइदियो।

तर, हजूरबुबाले सुनाए जस्तो स्वर्ग थिएन। स्वर्गको द्धारमा नयाँ स्वर्ग लेखिएको रहेछ। ओहो, नयाँ नेपालबाट आएको यहाँ पनि नयाँ स्वर्ग रहेछ भन्ने भयो। न त हर्ष भयो न त विष्मात भयो मलाई। स्वर्ग भित्र गएको त फेरि हजूरबुबाले व्याङ्ख्या गरेको जस्तो स्वर्ग नै रहेनछ। हजूरबुबाले त मलाई नानी स्वर्गमा त फूलबारी, शान्ति, आनन्द हुन्छन् रे। सबै जना हाँसिरहने, सबै जना रमाइरहने हुन्छन् रे। तर हजूरबुबाले भनेको भन्दा फरक थियो। स्वर्गमा त आन्दोलन, टायर बालिरहेको रहेछ। म स्वर्ग गएको दिन स्वर्गको पनि संविधान बन्ने अन्तिम दिन रहेछ। तर, दुर्भाग्यस् मिति नाँघ्न एकघण्टा बाँकि रहेछ संविधान बन्ने छाँटकाँट देखिएको थिएन।
तर स्वर्गलाई किन संविधान चाहियोरु मेरो मनमा खुलदुली रह्यो।

इन्द्र भवनमामा ठूलो मानवको जमात देखे। एउटा मुकुट लगाएको धपक्क बलेको व्यक्ति बाहिरको एउटा कुटीको झ्यालबाट सभामा भएको होहल्लाको मज्जा लिदैँरहेछ। उ भन्दो रहेछ चिन्ता नगर अप्सराहरू त्यो आसनमा म चाँडै फर्किनेछु र तिमीहरु त्यो महेफिलमा नाँच्न पाउनेछौँ। ओहो , उ त पोष्टचरमा देखिएको इन्द्र जस्तो पो थियो। हो रहेछ इन्द्र भवनमा भएको अशान्तिको मज्जा उ लिदैँ रहेछ। भित्र के भएछ भनेर म गएँ। भित्र त इन्द्रको आसनमा हाम्रा सभामुख सुवास नेवाङ पो हुनुहुँदो रहेछ। मेरो त देशको संविधान सभाको सभामुख नेपालमा हुँदा कहिल्यै भेट्ने मौका पाइन स्वर्गमा त प्रतक्ष्य भेट भयो भनेर एउटा सेल्फी हान्ने होकि जस्तो लाग्यो। र अर्को अचम्मको कुरा मन्त्रिमण्डलको कुर्सीमा त कमरेड प्रचण्ड, क।बाबुराम, क।केपी ओली, क।माधव कुमार, माननीय सुशील कोइराला र विजय गच्छदारहरु पो हुनुहुँदो रहेछ।
स्वर्गमा नेपालको नेताहरुलाई देखेर म त झन् साह्रै खुसी भए। नेपालमा यीनीहरुले गरेको कुकर्महरु त मैले विर्सिए। सायद आफू टाढा हुँदा माइतीको कुकुर देख्यो भने पनि चिज हुन्छ भनेको यही रहेछ।

स्वर्ग रमाइलो थिएन। देवी देवताहरु पनि आन्दोलन गर्दै थिए। भगवान शिवजीलाई कैलाश प्रदेश चाहियो भन्दै उफ्रदै थिए, भगवान विष्णु सुर्दर्शन राज्य चाहियो भन्दै मुठ्ठी बटार्दै थिए, बह्मालाई कमल राज्य चाहियो रे, सरस्वतीलाई पुस्तकालय राज्य रे, गणेशलाई मुसा राज्य खै केके हो के के राज्य। स्वर्गमा मरेर गएका मान्छेहरु बाहुन, क्षेत्री, नेवार, जनजाती, दलित सबै जना पनि आन्दोलन गर्दै थिए। उनीहरुपनि बाहुन स्वर्ग राज्य, नेवार स्वर्ग राज्य, लिम्बूवान स्वर्ग राज्य, मगरात, थारुवान, तमुवान, मधेसी स्वर्ग प्रदेश रे।

मलाई त भनन्न रिगंटा लाग्यो। मेरो नजिक रहेको एउटा शैनिकलाई सोधेँ, यो नर्क हो कि स्वर्गरु मलाई त स्वर्गको बाटो देखाएका थिए, बाटो बिराएर नर्क आएछु क्या होरु, उसले हैन तिमी स्वर्गमा नै आयौँ भन्दा फेरि सोधे, अनि स्वर्गमा किन यस्तो अशान्तिरुु उसले बेलिबिस्तार लगाएपछि बल्ल थाहा पाएँ कुराको चुरो।
यी सबै नेताहरुलाई वास्तवमा मृत्युदण्ड दिएर नर्क पठाएको रहेछ। तर, झेली गरेर स्वर्ग आएछन्। एकदिन भगवान शिव नर्कमा बस्ने मान्छेको हालचाल बुझ्न गएछन्, नर्कमा पनि विचार मिल्नेहरुको एउटा सानोतिनो राजनीतिक पार्टी बनाइसकेका रहेछन्। एउटा पार्टीले भगवान शिवलाई हजूर त देवादिदेव महादेव तर धर्तीमा हजूरको पूजा कम हुनथालेको छ भगवान विष्णुले गर्दा भन्यो। ब्यूटिफूल केटीहरुले शिव तिमीसँग पोइला आउन पाउँ भन्न छोडे, कृष्णसँग पोइल जान पाउँ भन्छन्। हजूको अस्तित्व धरापमा छन् हामी हजूरको साथमा छौँ आफ्नो छुट्टै प्रदेश माग्नु अनि त्यहीबाट भक्तजन कसरी धेरै बनाउने भन्ने कुराको कार्य नीति बनाउँला भनेर तीनीहरुले भगवान शिवलाई उस्काए।

यसरी भगवान शिवको दिमाग भुट्नसम्म भुटेछन्। अन्त्यमा शिवले ती सबैलाई स्वर्ग ल्याएछन्। अब चुनाव गर्नुपर्छ, स्वर्गमा नयाँ संविधान लेखिनुपर्छ भन्ने कुरामा आन्दोलन हुन थालेछ। शिवका समर्थहरुले तान्डव देखाउन थालेपछि अन्य देविदेवताले पनि नर्कमा गएर आफ्ना पक्षका मानिसहरुलाई स्वर्ग ल्याउन थाले।
यो विषयमा चित्रगुप्त र यमराजले केही गर्न सकेनन्। सबै देविदेवतालाई भड्काएर यी नेताहरु स्वर्गको राज्य सत्ता आफ्नो हातमा लिन खोजेका रहेछन्।

ओहो १ हाम्रो नेताहरुको नानीदेखि लागेको बानी खै कसरी जानु। स्वर्गमा पनि अराजकता बढाए। मन एकदमै खिन्न भयो। सैनिकले सोध्दै थियो, हजूर कुन देशबाट आउनु भएकोरु, म कसरी भनौँ यी नै स्वर्गलाई समेत नर्क बनाउने साहस बोकेकाहरुको देशबाट आएकी। म केही बोलिन तर, मेरो पछाडि बसेको मान्छेले यी नानी पनि नयाँ नेपालबाट आएकी हुन्। शैनिक एकदमै रिसायो, तीमीहरुले गर्दा मेरो स्वर्ग बर्बाद भयो भनेर मेरो चुल्ठो समातेर घिर्सार्दै आकाशबाट फ्याँकिदियो, म झसङ्ग भए, पसिनै पसिनाले भिजेछु वरिपरि कोठामा रहेको वस्तुहरुलाई हेरेँ। कस्तो डरलाग्दो सपना भन्र्दै म मुख धुन बाथरूमतिर लागेँ।
सेतोपाटीबाट

About The Author