Thu. Mar 6th, 2025

साफ फुटबलमा नेपालले माल्दिभ्सलाई ९-० ले हरायो

nepali-team
१३ पुस,  धादिङ  –

भारतको सिलिगुडीमा रहेको कञ्चनजंघा स्टेडियममा जारी चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ९-०ले हराएको छ ।

जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।  साबित्राले माल्दिभ्सविरुद्ध खेलको १२ औँ, २८ औँ, ३९ औँ, ५० औँ, ६३ औँ मिनेटमा गोल गरिन् । नेपालको तर्फबाट एकै खेलमा पाँच गोल गर्ने साबित्रा एक्ली खेलाडी हुन् ।

यस्तै मन्जली योञ्जनले खेलको ५२ औँ मिनेटमा, ७० औँ मिनेटमा सपना लामाले र ७३ औँ मिनेटमा हिरा भुजेलले गोल गरिन् । निर्मला बिकेले खेलको अतिरिक्त समयमा गोल गरेर नेपाललाई ९-० को जित दिलाइन् ।

२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: