Fri. Feb 28th, 2025

धादिङ महोत्सवको कृषि प्रदर्शनीमा उत्कृष्ट ६४ जना किसान पुरस्कृत

kisar-puraskar

१३ पुस,  धादिङ  –

धादिङको दिगो विकास र अर्थतन्त्र आधार, कुषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार भन्ने मुल नाराका साथ पौष ७ गते देखि सुरु भएको पाँचौँ धादिङ महोत्सवको कृषि प्रदर्शनीमा राखिएका उत्कृष्ट हुने किसानहरुलाई पुरस्कार वितरण गरिएको छ ।

 महोत्सवको सातौँ दिनको कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट कृषि सामाग्रीको आधारमा प्रथम, द्धितिय, तृतीय र सान्वना भएका नगद सहित पुरस्कृत गरिएको हो ।  महोत्सवमा २ सय ५६ जना किसानहरु कृषि सामाग्री प्रदर्शनीमा सहभागी थिए ।  सहभागी किसानहरु मध्ये १६ विधाका आधारमा ६४ जना किसानलाई पुरस्कार वितरण गरिएको छ ।

उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष बोधनाथ दुवाडिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, स्थानीय विकास अधिकारी भगवान अर्याल, वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटा लगायत कृषि क्षेत्रमा संलग्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कुषि क्षेत्रको बजारीकरणमा सहयोग पु¥याउने उद्येश्यले आयोजना गरिएको महोत्सवमा कृषिजन्य, दुग्ध, औद्योगिक, हस्तकला, घरेलु उत्पादन एवम् जडीबुटी, पर्यटन, सूचना प्रविधि र दैनिक उपभोग्य वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।

२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: