Tue. Nov 26th, 2024

धादिङ महोत्सवमा काँचो केराको मःमःको चर्चा

kerako-momo-3-copy

सरिता श्रेष्ठ / १३ पुस,  धादिङ –

पुस ७ गतेदखि सुरु भएको पाँचौ धादिङ महोत्सवमा काँचो केराको मःमःले चर्चा पाएको छ । काँचो केराबाट बनेको मःमः, चिप्स र बुङ्गाको अचार खानेको भीड लाग्ने गरेको छ । मःमःले सबैको ध्यान तानेको छ । मेलामा चितवन केरा उत्पादक संघले मासु वा अन्य सब्जीको साटो का“चो केराको किमा प्रयोग गरेर बनाएको ममस“गै केराकै चिप्स र बुङ्गाको अचार चखाएको हो ।

काँचो केराबाट बनेको मम, चिप्स, ककौडा र बुंगाको अचार दर्शकका लागि नौलो परिकार भएको र सहुलियत दरमा खुवाइने भएकाले पनि भीड बढेको हो । मेलामा दैनिक ५५ हजार बराबरको मःमः मात्रै विक्रि भइरहेको संघका सदस्य तिलक प्रसाद भट्टले बताए ।

kerako-momo-2-copy

 एक दिनमा ७ सयदेखि ८ सय जनाले मःमः र त्यसैकोको संख्याले चिप्स, पकौडा, अचार चाख्ने गरेको उनले जानकारी दिए । स्वास्थ्यका लागि राम्रो मानिने केरा पाकेर मात्र होइन काँचै पनि खान सकिन्छ भन्ने सन्देश प्रवाहका लागि मेला महोत्सवहरुमा केराको परिकार चखाउने गरेको संघका अर्का सदस्य संजयबाबु भट्ट बताउँछन् ।

खानेकुरामा गुन्द्रुक, मासको दाल र ढिडो मुख्य आकर्षण बन्ने अपेक्षा राखिएको मेलामा केराको परिकार सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ । मेला वा महोत्सवमा मात्र होइन व्यावसायिक रुपमा केराको बहुपरिकार उत्पादन गरेर बिक्री गर्न सके केराको महत्व अझ बढ्ने जिल्ला कृषि विकास कार्यालय धादिङका केशवप्रसाद पन्थीले बताए ।

२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: