Fri. Feb 28th, 2025

आईएस लडाकूले जलाए हजाराैं पुस्तक

 

एजेन्सी

इराकको मोसुल सरहमा कब्जा गरेका इस्लामी स्टेटका लडाकूले पुस्तक जलाउन थालेका छन् । सहर कब्जा गरेका लडाकूले त्यहाँस्थित पुस्तकालयहरुमा पसेर पुस्तकमाथि आगो झोस्न थालेका हुन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार यो जनवरी महिनाको शुरुवातमा लडाकूहरुले मोसुल सहरको केन्द्रीय पुस्तकालयमा रहेका २ हजार पुस्तक फालि दिएका थिए ।

लडाकूहरुले पुस्तकालयमा इस्लामी ग्रन्थका कितावहरुमात्र राख्न दिएका थिए । पुस्तकालयमा रहेका स‍ंस्कृति, विज्ञान र अन्य विषयाका किताव उनीहरुले साथमा लिएर गएका थिए ।

इस्लामिक लडाकूलार्इ उधृत गर्दै स्थानीयले बताए अनुसार किताबमा धर्मनिरपेक्षतालार्इ बढावा दिएको कुरा पुस्तकमा मिलेको थियो । सोही कारण ती पुस्तक जलाउने लडाकूले स्थानीयलार्इ बताएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार मोसुल सहर कब्जा गरेपछि आर्इएस लडाकूहरुले मोसुलको विश्वविद्यालयको पुस्तकालयबाट पुस्तक निकालेर आगोमा हालेका थिए ।
अन्नपूर्ण अनलाइनबाट

About The Author

अन्य समाचारहरु: