
१२ पुस, धादिङ –
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनालले सरकारले सदनमा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई फिर्ता लिएर स्थानीय निर्वाचनमा जानु पर्ने बताएका छन् ।
लमजुङको कार्यक्रम बाट काठमाडौँ फर्कने क्रममा सोमबार धादिङको धार्केमा जिफन्ट धादिङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै नेता खनालले देश अहिले जटिल अबस्थामा रहेकाले सरकारले त्यस तर्फ विचार गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।
संविधान संशोधनको प्रस्ताव तत्काल फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनु पर्ने बताए । उनले देश विकास गर्न स्थानीय निकायको निर्वाचनको खाँचो रहेको बताए । निर्वाचन कार्य अथाडि बढ्यो भने मात्र देशले पूर्णता पाउने बताए ।
जिफन धादिङका सस्थापक अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।
२०७३ पुस १२ गते प्रकाशित