Fri. Mar 7th, 2025

स्थानीय निकायको निर्वाचन गराउनुको विकल्प छैन : नेता पौडेल

congress-dhading
११ पुस,  धादिङ –

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यमान समस्या समाधानको महत्वपूर्ण निकास स्थानीय निकायको निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रस धादिङको कार्यालय भवनको शिल्यान्यास कार्यक्रम पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले मुलुकलाई निकास दिन र सबै पक्षलाई समेट्न संविधान संशोधन जरुरी  रहेको जनाउँदै पौडेलले संशोधन प्रक्रिया अघि बढाउँदै तत्काल स्थानीय निकाय निर्वाचन गराउनुपर्ने बताए ।

नेता पौडेलले भने– ‘‘स्थानीय सहित तीनै तहको निर्वाचन सरकारले अघि बढाउनु पर्छ । संबैधानीक व्यवस्था अनुसार तीनै तहको निर्वाचन गर्नुको विकल्प छैन ।’   अन्य दलका नेताहरुसँग आफुले कुरा गरिसकेको र दलहरु सकारात्मक भएको भन्दै नेता पौडेलले अन्य पार्टीका शीर्ष नेताहरु निर्वाचनका लागि सकारात्मक रहेको दाबी गरे । देशलाई निकास दिनको लागि संविधान संशोधन अपरिहार्य रहेको भन्दै नेता पौडेलले  संविधान संशोधन प्रस्ताव स्थगित नहुने जिकिर दावी गरे । संविधान संशोधनमा जोड दिने मधेशवादी दलहरु नै संविधान संशोधन प्रस्ताव आएपछि प्रस्तावको पक्षमा खुलेर समर्थन नगर्दा प्रस्ताव कमजोर भएको नेता पौडेलले बताए ।

????????????????????????????????????

 पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले तामाकोसी जलविद्युत्त आयोजनाको शेयर माओवादी पूर्व लडाकुलाई दिने विषय जायज नभएको बताए । कुनै सरकारी योजनाको शेयर दलका कार्याकर्तालाई बाँड्ने कुरा पुरा हुनै नसक्ने र त्यसो भए काँग्रेसले त्यसको प्रतिवाद गर्ने नेता पौडेलले चेतावनी दिए ।

 नेपाली काँग्रेस धादिङले २ करोड ८५ लाखको लागतमा निर्माण गर्न लागेको भवन शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका नेता रामशरण महत, मिनेन्द्र रिजाल लगायतले सम्बोधन गरेका थिए ।

 उद्योग मन्त्री रुमी गौचन थकाली रिसाएर फर्किए

कार्यक्रमको सुरुमै भाषण गर्न नपाएपछि उद्योग मन्त्री रुमी गौचन थकाली कार्यक्रमलाई सम्बोधन नगरि फर्किए ।

हेलिकप्टर मार्फत कार्यक्रममा सहभागी हुन पुगेका उद्योग मन्त्री थकाली आफुलाई सुरुमै कार्यक्रममा बोल्न नदिएको भन्दै आयोजकसंग फन्किएर केहीबेरमै मञ्चबाट बाहिरिए । आफ्नो अति व्यस्त समय भएकाले समयमै बोल्न दिन आग्रह गरेका मन्त्री थकालीले आयोजकले ढिलो बोल्न आग्रह गरेपछि आक्रोशित हुँदै कार्यक्रम स्थलबाट बाहिरिएर हेलिकप्टरमै काठमाण्डौ फर्किएका छन् ।

२०७३ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: