Thu. Feb 27th, 2025

धादिङ महोत्सवमा सल्यानटारको मास र भटमास

salyantar-massvatmass

११ पुस,  धादिङ –

पाँचौ धादिङ महोत्सवमा सल्यानटारको मास र भटमास आकर्षकको रुपमा रहेको छ । पुस ७ गते देखि सुरु भएको महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएको मास र भटमास राखिएको हो ।

 देशभर प्रख्यात मानिने सल्यानटारको मास र भटमासको विक्रि तथा प्रवद्र्धनको लागि राखिएको आयोजकले जनाएको छ ।  सल्यानटारको मास छिटो पाक्ने, मिठो र पौष्टिक युक्त मानिन्छ ।

बजारीकरणमा सहयोग पु¥याउने उद्येश्यले पाचौं धादिङ महोत्सवमा स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइएको  उद्योग वाणिज्य संघ धादिङले जनाएको छ ।

पुस १७ गतेसम्म चल्ने महोत्सवमा धादिङमा उत्पादित तरकारी तथा फलफुल, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरु, हस्तकलाका समाग्री, रुवि ढुङ्गा तथा रत्नपत्थरको प्रदर्शनी, रेशमकिराबाट उत्पादन भएका कपडा लगायतका २ सय भन्दा बढि स्टल रहेका छन् ।
२०७३ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: