
रुसी सैन्य विमान वेपत्ता भएको छ । सोचीस्थित हवाई अड्डाबाट उडेको केही मिनेटमै सम्पर्कविहिन भएको छ ।
बीबीसीले काला सागरको सोचीबाट उडेको विमान झन्डै २० मिनेटमै राडारबाट सम्पर्कविहीन भएको जनाएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर २० मिनेट जाँदा विमान उडेको थियो ।
रुसी रक्षा मन्त्रालयले हराएको टीयू–१५४ विमानमा ९१ जना यात्रु रहेको बताएको छ । विमानमा सवार मानिसहरुमा सैनिक, सैन्य म्यूजिक बैंड र केही पत्रकार थिए ।
यो विमान सिरियाको लटाकिया प्रान्तका लागि उडेको थियो । विमानले मस्कोबाट उडान भरेको थियो र इन्धन लिनका लागि सोचीमा रोकिएको थियो ।
२०७३ पुस १० गते प्रकाशित