Fri. Jan 31st, 2025

बद्री पंगेनी र प्रमोद खरेलले तताए धादिङ (फोटोफिचर)

badri-pangani-1
९ पुस,  धादिङ –
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा गायक बद्री पंगेनी र प्रमोद खरेलको सांगीतिक प्रस्तुतिले पाँचौँ धादिङ महोत्सवमा रौनक थपिएको छ ।

pramod-kheral-2

महोत्सवको तेस्रो दिन शनिबारका दिन गाउँगाउँबाट आएका दर्शक तथा युवायुवतीहरुको जमातले छुट्टै रौनक छाएको थियो । बद्री पंगेनीले ससुरालीमा ख्याल ख्यलामै दिल बस्यो कान्छी सालीमा, रातो पछ्यौरी, खान्न म त पिडालु कोक्यायोे मै सोजोलाई मायाले झुक्यायो ।

badri-pangani-2

उसले जति माया तिम्तालाई मैले पनि दिन्थें होला भन्ने गीतबाट सुरुवात गरेका खरेलले  म बिना कसैकसैलाई मुस्किल छ पोखरा, झुम्कावाली लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

pramod-kheral

आफ्नो कलात्मक प्रस्तुतीबाट दर्शकलाई आर्कषित गर्न सक्ने खरेलले करिव एक घण्टासम्म दर्शकलाई गीतसँगै नचाएका थिए । उनको गीतलाई दर्शकहरुले वाह वाह गरेका थिए । दर्शकहरुले वान्स मोर वान्स मोर भनेपछि दोहो¥याएर गीत गाउन बाध्य भएका थिए ।

२०७३ पुस ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: