Sun. Mar 16th, 2025

एक सय १८ जना यात्रुसहितको लिबियाली विमान अपहरण

biman
८ पुस,  धादिङ –

एक सय १८ जना यात्रु सहितको लिबियाली विमान अपहरणमा परेको छ ।

लिबियाको अफ्रिकिया एयरवेजको एयरबस ए थ्री टु जेरो विमान माल्टामा अवतरण गराइएको र विमान अपहरणमा परेको हुनसक्ने माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले बताउनुभयो । विमानमा दुई जना अपहरणकारी रहेको र उनीहरुले विमानमा बम विस्फोट गर्ने चेतावनी दिएको पनि बिबिसीले उल्लेख गरेको छ ।

माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलले ट्वीटरमार्फत विमानस्थलमा अनधिकृत गतिविधि भएको र आपतकालिन समूह पठाइएको जनाएको छ ।
२०७३ पुस ८ गते पकाशित

About The Author

अन्य समाचारहरु: