बार्सिलोनाले शानदार जितका साथ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।
कोपा डेल रेको अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले हर्कुलिसलाई ७–० ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा पुगेको हो ।
पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा आर्ड तुरानले ह्याट्रिक गरे ।
२०७३ पुस ७ गते प्रकाशित